२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीरगन्जमा समेत शौचालय नहुँदा समस्या

१२ आश्विन २०७३, बुधबार ०६:१९

असोज १२, वीरगन्ज । भारतको सीतामढीअन्तर्गत नरकटिया बस्ने ६५ वर्षीय गेनेलाल पटेल ऐतिहासिक तथा धार्मिक शक्तिपीठ गहवामाईको पूजा गर्न वीरगन्ज आएको समयमा शौच गर्न शौचालय खोज्दा नपाएर आफूलाई सकस भएको गुनासो गर्नुहुन्छ । 

देशकै प्रमुख आर्थिक तथा व्यापारिक नगरी वीरगन्ज नगरक्षेत्रभित्र सार्वजनिक शौचालय नहुँदा भारतीय नागरिक पटेलजस्तै सबैले समस्या भोग्दै आएका छन् । वैकल्पिक व्यवस्था र बिनापूर्वाधार वीरगन्ज उपमहानगरपालिकाले हतारमा वडाहरुलाई दिसामुक्त क्षेत्र घोषणा गर्ने गरेको भए पनि शौचालयको अभाव रहेको स्थानीयवासीको गुनासो छ । 

सन् २०१६ सम्म विभन्न नगरलाई दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएपनि कर्तव्यबोधको अभावका कारण नगरपालिकाले लक्ष्यलाई पछ्याउन सकेको देखिँदैन । नगर क्षेत्रभित्र ३० वडासम्म रहेपनि १७ वडासम्म मात्र दिसामुक्त क्षेत्र घोषणा भएका छन् । दुई लाख पाँच हजार जनसङ्ख्या रहेको नगर क्षेत्रभित्र २३ वटा सार्वजनिक शौचालय रहेकामा १८ वटा शौचालय मात्र सञ्चालनमा आएका छन् भने पाँचवटा शौचालय बिग्रेको अवस्थामा रहेका छन् । 

नगर क्षेत्रभित्र सार्वजनिक शौचालयको कमी भएको स्वीकार्दै वीरगन्ज उपमहानगरपालिकाका निमित्त प्रमुख कार्यकारी प्रकाश अमात्यले बजारको मुख्य ठाउँमा शौचालय बनाउन नसकेकाले यो समस्या देखापरेको बताउनुभयो । वीरगन्ज बजारको मुख्य चोक माईस्थान र आदर्शनगरमा भने एउटा पनि शौचालय नभएको भएपनि वडा नं २ र ४ मा दुईवटा सार्वजनिक शौचालय बनाउन महानगरपालिकाले २० लाख रुपैयाँ बजेट छुट्याएको छ । 

नगर क्षेत्रभित्रको मुख्य सडक विस्तार भएपछि थप शौचालय बनाउने लक्ष्य नगरपालिकाले लिएको सामाजिक विकास महाशाखाका प्रमुख सुनिलकुमार कर्णले बताउनुभयो । उपमहानगरपालिका घोषणा भएको १८ वर्ष पूरा हुँदापनि पर्याप्त मात्रामा नगर क्षेत्रमा सार्वजनिक शौचालय नहुनुमा नगरपालिकाको उदासीनता भएको आरोप स्थानीयवासीले लगाएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान