असोज १२ पर्वत ।  शिवालय खानेपानी संस्थाको नयाँ कार्यसमितिको नेतृत्वका लागि अध्यक्ष पदमा तीन जना उम्मेदवार भिड्दै छन् । अध्यक्षका उम्मेदवारहरु मानकुमारी गिरी, बाबुराम जोशी र विष्णुप्रसाद नेवार हुन् । संस्थाको पाँचौ अधिवेशनबाट कार्यसमिति चयनका लागि यही असोज १३ गते निर्वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १२ पर्वत ।  शिवालय खानेपानी संस्थाको नयाँ कार्यसमितिको नेतृत्वका लागि अध्यक्ष पदमा तीन जना उम्मेदवार भिड्दै छन् । अध्यक्षका उम्मेदवारहरु मानकुमारी गिरी, बाबुराम जोशी र विष्णुप्रसाद नेवार हुन् । संस्थाको पाँचौ अधिवेशनबाट कार्यसमिति चयनका लागि यही असोज १३ गते निर्वा"/>
६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शिवालय खानेपानीसंस्थाको अध्यक्ष पदमा तीन जना भिड्दै

१२ आश्विन २०७३, बुधबार ०६:४९

असोज १२ पर्वत ।  शिवालय खानेपानी संस्थाको नयाँ कार्यसमितिको नेतृत्वका लागि अध्यक्ष पदमा तीन जना उम्मेदवार भिड्दै छन् । अध्यक्षका उम्मेदवारहरु मानकुमारी गिरी, बाबुराम जोशी र विष्णुप्रसाद नेवार हुन् । संस्थाको पाँचौ अधिवेशनबाट कार्यसमिति चयनका लागि यही असोज १३ गते निर्वाचन हुँदै छ ।
 नयाँ कार्यसमितिका लागि चुनावी दौडमा दुई प्यानल तयार भएका छन् भने अध्यक्षको उम्मेदवार रहेकी मानकुमारी गिरीले प्यानल बनाएकी छैनन् । चुनावी दौडमा aबनाईएको एउटा प्यानलको नेतृत्व विष्णुप्रसाद नेवारले गरेका छन् भने दोस्रो प्यानलको बाबुराम जोशीले गरेका छन् । अध्यक्षका उम्मेदवारमध्येका नेवार नेतृत्वको प्यानलमा उपाध्यक्ष सरीता भण्डारी सरु, सचिव दिपुबाबु गिरी, कोषाध्यक्ष राम गिरी राजु, सदस्यहरुमा पुरुषतर्फ फुलराज शर्मा, नवराज गिरी र महिला तर्फ बुद्धिकुमारी श्रेष्ठ, नम्रता गिरी, सीता केसी रहेका छन् । त्यसैगरी जोशी नेतृत्वको प्यानलमा उपाध्यक्ष रमाकान्त शर्मा, सचिव रविकुमार श्रेष्ठ, कोषाध्यक्ष हरिनारायण पाध्या र पुरुष सदस्यहरुमा बलराम पाध्या, शालिग्राम पाध्या छन् भने महिला सदस्यहरु तुप्ला शाक्य, सीता केसी, ओमकुमारी श्रेष्ठ रहेका छन् । महिला सदस्य सीता केसीलाई दुइवटै प्यानलले आफ्नो सदस्य बनाएको देखिन्छ । जोशी प्यानलको कोषाध्यक्ष उम्मेदवार रहेका हरिनारायण पाध्या जागिरे शिक्षक हुन् । शिक्षक ऐन नियमावली विपरित शिवालय मावि बगैचा कुश्मामा  शिक्षण पेशा गर्दै आएका पाध्या कोषाध्यक्षको पदमा लड्दै छन् । कोषाध्यक्षका उम्मेदवार पाध्या प्राविस्तरमा शिक्षक हुन् ।
कार्यसमिति सदस्यका लागि उम्मेदवारी दर्ता आईतवार भएको थियो । अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी दर्ता गरिएको भएपनि लक्ष्मीकान्त आचार्यले फिर्ता लिएका थिए भने उपाध्यक्ष पदका लागि उम्मेदारी दर्ता गराउने पनि ४ जना नै थिए भने सचिव पदमा तीन जनाले उम्मेदवारी दर्ता गराएका थिए । सदस्यमा उम्मेदवारी दर्ता गराएका मध्ये दुई जनाको उम्मेदवारी फिर्ता भएको छ ।
संस्थाको कार्यसमितिमा अध्यक्षसहित ९ जना सदस्यहरु रहने व्यवस्था छ । संस्थाले २३ सयभन्दा बढी धारा वितरण गरेको गरिसकेको छ । वितरित धारामध्ये नविकरण गर्ने ९०० जना उपभोक्ता सदस्यहरुले निर्वाचित कार्यसमिति सदस्यहरुलाई मतदान गर्नेछन् । निर्वाचनका लागि सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालको संयोजकत्वमा ४ सदस्यीय निर्वाचन मण्डल गठन भएको छ । संस्थाको शनिवार ते¥हौ साधारणसभा सम्पन्न भईसकेको छ । खानेपानी संस्थामा सहमतिबाट सदस्य चयन हुनुपर्छ भन्ने आमसर्वसाधारणको भावना विपरित चुनावी प्रतिस्पर्धा हुँदै आएको पाइन्छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति