असोज १२ पर्वत ।  शिवालय खानेपानी संस्थाको नयाँ कार्यसमितिको नेतृत्वका लागि अध्यक्ष पदमा तीन जना उम्मेदवार भिड्दै छन् । अध्यक्षका उम्मेदवारहरु मानकुमारी गिरी, बाबुराम जोशी र विष्णुप्रसाद नेवार हुन् । संस्थाको पाँचौ अधिवेशनबाट कार्यसमिति चयनका लागि यही असोज १३ गते निर्वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १२ पर्वत ।  शिवालय खानेपानी संस्थाको नयाँ कार्यसमितिको नेतृत्वका लागि अध्यक्ष पदमा तीन जना उम्मेदवार भिड्दै छन् । अध्यक्षका उम्मेदवारहरु मानकुमारी गिरी, बाबुराम जोशी र विष्णुप्रसाद नेवार हुन् । संस्थाको पाँचौ अधिवेशनबाट कार्यसमिति चयनका लागि यही असोज १३ गते निर्वा"/>
२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शिवालय खानेपानीसंस्थाको अध्यक्ष पदमा तीन जना भिड्दै

२०७३, १२ आश्विन बुधबार ०६:४९

असोज १२ पर्वत ।  शिवालय खानेपानी संस्थाको नयाँ कार्यसमितिको नेतृत्वका लागि अध्यक्ष पदमा तीन जना उम्मेदवार भिड्दै छन् । अध्यक्षका उम्मेदवारहरु मानकुमारी गिरी, बाबुराम जोशी र विष्णुप्रसाद नेवार हुन् । संस्थाको पाँचौ अधिवेशनबाट कार्यसमिति चयनका लागि यही असोज १३ गते निर्वाचन हुँदै छ ।
 नयाँ कार्यसमितिका लागि चुनावी दौडमा दुई प्यानल तयार भएका छन् भने अध्यक्षको उम्मेदवार रहेकी मानकुमारी गिरीले प्यानल बनाएकी छैनन् । चुनावी दौडमा aबनाईएको एउटा प्यानलको नेतृत्व विष्णुप्रसाद नेवारले गरेका छन् भने दोस्रो प्यानलको बाबुराम जोशीले गरेका छन् । अध्यक्षका उम्मेदवारमध्येका नेवार नेतृत्वको प्यानलमा उपाध्यक्ष सरीता भण्डारी सरु, सचिव दिपुबाबु गिरी, कोषाध्यक्ष राम गिरी राजु, सदस्यहरुमा पुरुषतर्फ फुलराज शर्मा, नवराज गिरी र महिला तर्फ बुद्धिकुमारी श्रेष्ठ, नम्रता गिरी, सीता केसी रहेका छन् । त्यसैगरी जोशी नेतृत्वको प्यानलमा उपाध्यक्ष रमाकान्त शर्मा, सचिव रविकुमार श्रेष्ठ, कोषाध्यक्ष हरिनारायण पाध्या र पुरुष सदस्यहरुमा बलराम पाध्या, शालिग्राम पाध्या छन् भने महिला सदस्यहरु तुप्ला शाक्य, सीता केसी, ओमकुमारी श्रेष्ठ रहेका छन् । महिला सदस्य सीता केसीलाई दुइवटै प्यानलले आफ्नो सदस्य बनाएको देखिन्छ । जोशी प्यानलको कोषाध्यक्ष उम्मेदवार रहेका हरिनारायण पाध्या जागिरे शिक्षक हुन् । शिक्षक ऐन नियमावली विपरित शिवालय मावि बगैचा कुश्मामा  शिक्षण पेशा गर्दै आएका पाध्या कोषाध्यक्षको पदमा लड्दै छन् । कोषाध्यक्षका उम्मेदवार पाध्या प्राविस्तरमा शिक्षक हुन् ।
कार्यसमिति सदस्यका लागि उम्मेदवारी दर्ता आईतवार भएको थियो । अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी दर्ता गरिएको भएपनि लक्ष्मीकान्त आचार्यले फिर्ता लिएका थिए भने उपाध्यक्ष पदका लागि उम्मेदारी दर्ता गराउने पनि ४ जना नै थिए भने सचिव पदमा तीन जनाले उम्मेदवारी दर्ता गराएका थिए । सदस्यमा उम्मेदवारी दर्ता गराएका मध्ये दुई जनाको उम्मेदवारी फिर्ता भएको छ ।
संस्थाको कार्यसमितिमा अध्यक्षसहित ९ जना सदस्यहरु रहने व्यवस्था छ । संस्थाले २३ सयभन्दा बढी धारा वितरण गरेको गरिसकेको छ । वितरित धारामध्ये नविकरण गर्ने ९०० जना उपभोक्ता सदस्यहरुले निर्वाचित कार्यसमिति सदस्यहरुलाई मतदान गर्नेछन् । निर्वाचनका लागि सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालको संयोजकत्वमा ४ सदस्यीय निर्वाचन मण्डल गठन भएको छ । संस्थाको शनिवार ते¥हौ साधारणसभा सम्पन्न भईसकेको छ । खानेपानी संस्थामा सहमतिबाट सदस्य चयन हुनुपर्छ भन्ने आमसर्वसाधारणको भावना विपरित चुनावी प्रतिस्पर्धा हुँदै आएको पाइन्छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते