असोज १२ पर्वत ।  प्रष्ट र पारदर्शीता लेखा आजको आवश्यकता भन्ने नाराका साथ कुश्मामा संचालन भएको एक हप्ते सहभागीतात्मक लेखापालन तालिम सम्पन्न भएको छ । तालिमबाट सहकारीमा हुने लेखापालन सम्बन्धी आधारभूत ज्ञान र शिप हासिल भएको र सोबाट संस्थालाई संचालन गर्नको लागि थप टेवा पुगे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १२ पर्वत ।  प्रष्ट र पारदर्शीता लेखा आजको आवश्यकता भन्ने नाराका साथ कुश्मामा संचालन भएको एक हप्ते सहभागीतात्मक लेखापालन तालिम सम्पन्न भएको छ । तालिमबाट सहकारीमा हुने लेखापालन सम्बन्धी आधारभूत ज्ञान र शिप हासिल भएको र सोबाट संस्थालाई संचालन गर्नको लागि थप टेवा पुगे"/>
६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एक हप्ते तालिम सम्पन्न

१२ आश्विन २०७३, बुधबार ०६:५१

असोज १२ पर्वत ।  प्रष्ट र पारदर्शीता लेखा आजको आवश्यकता भन्ने नाराका साथ कुश्मामा संचालन भएको एक हप्ते सहभागीतात्मक लेखापालन तालिम सम्पन्न भएको छ । तालिमबाट सहकारीमा हुने लेखापालन सम्बन्धी आधारभूत ज्ञान र शिप हासिल भएको र सोबाट संस्थालाई संचालन गर्नको लागि थप टेवा पुगेको सहभागीले बताएका छन् ।

डिभिजन सहकारी कार्यालय बाग्लुङका सहकारी निरिक्षक होमनाथ ढकालले  जिल्लामा रहेको सहकारी संघ निद्रामा रहेको बताएका छन् । सहकारीको हक हितका लागि गठन भएको सहकारी संघ निदाएता पनि आफुहरुले बेलाबेलामा झकझकाइरहेको उनले बताए । कुश्मा बजारमा रहेको विभिन्न सहकारीबाट २५ जना लेखापालको सहभागीता रहेको कार्यक्रममा सहभागी सन्तोष पौडेलले जानकारी दिएका छन् । उनका अनुसार तालिममा लेखापालन सम्बन्धी आधारभूत शिप तथा तालिम प्रदान गरिएको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघ पर्वतको समन्वयमा भएको उक्त कार्यक्रममा प्रकाश पौडेल, मन्जु पौडेलले तालिम फलदायी भएको बताए ।


 जिल्लामा सहकारीको संख्या बढ्दो मात्रमा भएता पनि सहकारीको व्यवस्थापन र लेखामा पारदर्शीता नभएकाले कतिपय सहकारी कारवाहीमा परेका छन् । जिल्लामा संचालन भएका अधिकांश सहकारीले सरकारी ऐनले तोकेको भन्दा महङ्गो व्याजदार लिइरहेका छन् । जसले गर्दा नागरिक प्रत्यक्षमा मारमा परिरहेका छन् । सहकारीमा सस्तो व्याजदरमा ऋण पाइने भनिएता पनि सो अनुसारको सेवा पाउन नसकेको सेवा ग्राहीको गुनासो  छ । सहकारीहरु अहिले १७ प्रतिशत भन्दा माथि व्याज लिदै आइरहेका छन् । तर सरोकारवाला निकायहरु सहकारीले गरेको दिन दुइ र रात चार गुणाको धन्दा रोक्नको लागि पहल गर्न सकेका छैनन् । पर्वत जिल्लामा ३ सय ३१ वटा सहकारी दर्तामामा रहेका छन् जसमध्ये २० भन्दा बढि कारवाहीमा परिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति