८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दशैं–तिहारका लागि खाद्यान्न माग

१२ आश्विन २०७३, बुधबार ०६:५५

हुम्ला, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले हिन्दूको चाडपर्वका लागि खाद्यान्न नभएकाले आपूर्तिमन्त्रीलाई दशैं–तिहारमा सर्वसाधारण जनता, कर्मचारी, व्यापारीलाई खाद्यान्न बिक्री–वितरण गर्नका लागि कोटाको चामल माग गर्ने निर्णय गरेको छ । 

हवाईजहाजबाट आउने खाद्यान्न हप्तामा चार फ्लाइट मात्र आएपछि नेपालगन्ज तथा सुर्खेत विमानस्थलमा नै थन्किएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समितिका अध्यक्ष नैनसिंह रावतले दसँैका लागि आपूर्तिमन्त्रीसँग अनुरोध गरिसकेको जानकारी गराउनुभयो भने उक्त खाद्यान्न तत्काल तीन हजार क्विन्टल चामल आएपछि दसँै–तिहार मनाउन सजिलो हुने प्रस्ट पार्नु भयो । यस वर्ष असारदेखि कुनै पनि कर्मचारी, व्यापारी, जनताले खाद्यान्नसमेत नपाउँदा बजारमा २५ केजीको रु चार हजार तिर्न बाध्य भएका स्थानीय बासिन्दा बताउँछन् । 

दसँै–तिहारका लागि प्रजिअ डा कृष्णबहादुर घिमिरेले अञ्चल, क्षेत्र, विभाग, मन्त्रालयमा दसँै–तिहारका लागि सर्वसाधारण जनतालाई खाद्यान्न बिक्री–वितरणका लागि पत्राचार गरी सकिएको बताउँदै गत वर्ष पनि दसँै–तिहारमा सबैलाई पाँचदेखि १० केजीसम्म वितरण भएको जानकारी दिनुभयो । 

दिसामुक्त क्षेत्र घोषणा गर्न गाविस अगाडि बढे 

यसैबीच, हुम्ला जिल्लामा सन् २०१७ सम्म नेपाल सरकारले अधिराज्यभरि दिसामुक्त क्षेत्र घोषणा गर्ने भएपछि हुम्ला जिल्लामा पनि खानेपानी तथा घरघरमा चर्पीयुक्त घरका लागि राष्ट्रिय लक्ष्य अनुसार २३ वटा गाविसले खुला दिसामुक्त घोषणा गरेका छन् । तत्काल गोठी गाविसमा घरधुरी २३४ र रोडीकोट गाविसमा २३३ घरधुरीले चर्पी निर्माण कार्य सम्पन्न गरिसकेका छन् । 

ठेहे गाविसमा असोज १५ गते दिसामुक्त क्षेत्र घोषणा गर्न सात सदस्यीय टोली— राजनीतिक दलका तीन, पत्रकार सातजनाको अनुगमन तथा निरीक्षणका क्रममा आज जाने भएको छ । 

मुचु, डाँडाफया र श्रीनगर गाविसमा छिटोभन्दा छिटो खुला दिसामुक्त क्षेत्र बनाउनमा सबैको सहकार्य, सहमति भएमा उक्त गाविसमा मङ्सिरभित्र सम्पन्न हुने खानेपानी तथा सरसफाइ डिभिजनका कार्यालय प्रमुख ज्वालाराज शाहीले जानकारी गराउँदै हुम्ला जिल्लामा पनि पर्यटकीय हिसाबले सरसफाइ अभियानमा पनि जोड दिनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी