२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

अस्पताललाई अत्यावश्यक उपकरण सहयोग

२०७३, १२ आश्विन बुधबार ०७:२९

असोज १२, चितवन । भरतपुर अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु) सेवालाई थप प्रभावकारी बनाउन इटालीबाट विभिन्न आधुनिक उपकरण सहयोग भएको छ । 

इटालीको एमिसी डेला नियोनाटोलोजिया ट्रेनटिना र टोरन्टो राज्य सरकारले उपलब्ध गराएका अत्यावश्यक उपकरणसहितका सामग्री अस्पताललाई हस्तान्तरण गरेको छ । 

इटालीबाट आएका एएनटी प्रोजेक्टका म्यानेजर कार्लोससहितको टोलीले अस्पतालमै आएर मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीलाई अत्यावश्यक उपकरण र सामग्री मङ्गलबार हस्तान्तरण गरेको हो । 

करिब रु २१ लाख मूल्य बराबरको सामान अस्पतालको एनआइसियु सेवाका लागि हस्तान्तरण गरिएको रोटरी क्लब अफ रत्ननगरका रोटरीयन शिवराज उप्रेतीले जानकारी दिनुभयो । 

सो संस्था र टोरन्टो सरकारले एनआइसियु सेवाका लागि आवश्यक श्वासप्रश्वास सहज गराउने सि प्याप मेसिन दुई थान, वार्मर दुई थान, सक्सन पम्प दुई थान, जन्डिस भएका शिशुको उपचारमा अत्यावश्यक फोटोथेरापी मेसिन चार थान, बेबिक्यारी चार थानलगायत अन्य अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको हो । 

भरतपुर अस्पतालका मेसु डा मरासिनीले भरतपुर अस्पताल गरिब जनताको उपचार गर्ने थलो भएको भन्दै सेवा विस्तार र स्तरोन्नतिमा अस्पताल लागेको बताउनुभयो । 

उहाँले आगामी दिनमा पनि अस्पताललाई यस्ता सहयोग जारी राख्न अनुरोध पनि गर्नुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा दाता संस्थाका कार्यक्रम म्यानेजर कार्लोसले आफूहरुले पहिलोपटक भरतपुर अस्पताललाई उपचार उपकरण हस्तान्तरण गरेको भन्दै आगामी दिनमा पनि अस्पतालसंग सहकार्य गरिने बताउनुभयो । 

भियतनामबाट ल्याइएको उपकरण तथा सामग्री चितवनसम्म ल्याउन लागेको करिब रु दुई लाख ढुवानी खर्च रोटरी क्लब अफ रत्ननगर र रोट्याक्ट क्लब अफ रत्ननगरले ब्यहोरेको थियो । 

हस्तान्तरण कार्यक्रममा बोल्दै रोटरी क्लब अफ रत्ननगरका पूर्व अध्यक्ष जगन्नाथ अधिकारीले भरतपुर अस्पतालका लागि आगामी दिनमा पनि यस्तै खालका सहयोग जुटाउन आवश्यक पहल गर्ने बताउनुभयो । 

भरतपुर अस्पतालमा अत्याधुनिक सुविधासहितको १२ बेडको एनआइसियु सेवा सञ्चालनमा छ । उक्त टोलीले यस्तै उपकरण कान्ति वाल अस्पताल र प्रसूति गृहलाई समेत उपलब्ध गराएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने