९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

अस्पताललाई अत्यावश्यक उपकरण सहयोग

१२ आश्विन २०७३, बुधबार ०७:२९

असोज १२, चितवन । भरतपुर अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु) सेवालाई थप प्रभावकारी बनाउन इटालीबाट विभिन्न आधुनिक उपकरण सहयोग भएको छ । 

इटालीको एमिसी डेला नियोनाटोलोजिया ट्रेनटिना र टोरन्टो राज्य सरकारले उपलब्ध गराएका अत्यावश्यक उपकरणसहितका सामग्री अस्पताललाई हस्तान्तरण गरेको छ । 

इटालीबाट आएका एएनटी प्रोजेक्टका म्यानेजर कार्लोससहितको टोलीले अस्पतालमै आएर मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीलाई अत्यावश्यक उपकरण र सामग्री मङ्गलबार हस्तान्तरण गरेको हो । 

करिब रु २१ लाख मूल्य बराबरको सामान अस्पतालको एनआइसियु सेवाका लागि हस्तान्तरण गरिएको रोटरी क्लब अफ रत्ननगरका रोटरीयन शिवराज उप्रेतीले जानकारी दिनुभयो । 

सो संस्था र टोरन्टो सरकारले एनआइसियु सेवाका लागि आवश्यक श्वासप्रश्वास सहज गराउने सि प्याप मेसिन दुई थान, वार्मर दुई थान, सक्सन पम्प दुई थान, जन्डिस भएका शिशुको उपचारमा अत्यावश्यक फोटोथेरापी मेसिन चार थान, बेबिक्यारी चार थानलगायत अन्य अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको हो । 

भरतपुर अस्पतालका मेसु डा मरासिनीले भरतपुर अस्पताल गरिब जनताको उपचार गर्ने थलो भएको भन्दै सेवा विस्तार र स्तरोन्नतिमा अस्पताल लागेको बताउनुभयो । 

उहाँले आगामी दिनमा पनि अस्पताललाई यस्ता सहयोग जारी राख्न अनुरोध पनि गर्नुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा दाता संस्थाका कार्यक्रम म्यानेजर कार्लोसले आफूहरुले पहिलोपटक भरतपुर अस्पताललाई उपचार उपकरण हस्तान्तरण गरेको भन्दै आगामी दिनमा पनि अस्पतालसंग सहकार्य गरिने बताउनुभयो । 

भियतनामबाट ल्याइएको उपकरण तथा सामग्री चितवनसम्म ल्याउन लागेको करिब रु दुई लाख ढुवानी खर्च रोटरी क्लब अफ रत्ननगर र रोट्याक्ट क्लब अफ रत्ननगरले ब्यहोरेको थियो । 

हस्तान्तरण कार्यक्रममा बोल्दै रोटरी क्लब अफ रत्ननगरका पूर्व अध्यक्ष जगन्नाथ अधिकारीले भरतपुर अस्पतालका लागि आगामी दिनमा पनि यस्तै खालका सहयोग जुटाउन आवश्यक पहल गर्ने बताउनुभयो । 

भरतपुर अस्पतालमा अत्याधुनिक सुविधासहितको १२ बेडको एनआइसियु सेवा सञ्चालनमा छ । उक्त टोलीले यस्तै उपकरण कान्ति वाल अस्पताल र प्रसूति गृहलाई समेत उपलब्ध गराएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे