२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तल्लो मोदी जलविद्युत आयोजनामा मजदुरले गरे आमहड्ताल, २५ प्रतिशत तलब बृद्धि गर्न माग

२०७३, १२ आश्विन बुधबार ०८:४१

असोज १२ पर्वत । निर्माणधिन तल्लो मोदीखोला जलविद्युत आयोजनाका मजदुरहरु आन्दोलित भएका छन् । तलब बृद्धिको माग गर्दै दुई दिनदेखि मजदुरहरु आमहड्तालमा उत्रिएका हुन् ।

मजदुरहरुले २५ प्रतिशत तलब बृद्धि, सुरक्षाको ग्यारेण्टीका साथै जिवन विमाको माग गर्दै आन्दोलनमा होमिएका हुन् । आयोजना अन्तरगतको अम्बोटमा रहेको सुृरुङमार्ग निर्माणका मजदुरहरु आन्दोलित भएका हुन् ।

साउथ एसियन इन्फेक्टर प्रालिले मजदुरहरुको ९ प्रतिशत तलबभत्ता बृद्धि गरेतापनि मजदुरले सरकारले बृद्धि गरेको तलबभत्ता अनुरुप आफुहरुले पाउनुपर्ने अडान राख्दै आएका छन् । बुधबार विहान कम्पनी र मजदुरविच बार्ता भएता पनि विना निश्कर्ष बार्ता टुंगिएको छ ।

आयोजना अन्तरगतको उक्त शुरुङमार्ग निर्माणकार्य जारी छ । साउथ एसियनले ४.२ किमि शुरुङ मार्ग निर्माणको लागि मनाङ ट्रेड मार्फत ठेक्कामा लिएको थियो जसको ४ सय ४५ मिटर शुरुङ निर्माण गर्नको लागि बाँकी रहेको छ । ठेकेदार कम्पनीले १५ दिनभित्र माग सम्बोधन गर्ने बताएको थियो तर माग सम्बोधन नभएपछि आन्दोलनमा होमिएको कृष्ण बहादुर लामिछानेले बताए ।

लामिछानेको नेतृत्वमा संघर्ष समिति गठन गरेर अहिले मजदुरहरु आन्दोलनमा होमिएका छन् । दिउँसो तीन बजे पुन बार्ता बस्ने तयारी भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने