असोज १२, रामेछाप । नेपाल लाइफ इन्स्योरेन्स क.लि ले दुर्घटनाबाट मृत्यु भएका बसन्तपुर–१, सर्लाहीका रविन्द्र कुमार ठाकुरका परिवारलाई दाबि भुक्तानी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १२, रामेछाप । नेपाल लाइफ इन्स्योरेन्स क.लि ले दुर्घटनाबाट मृत्यु भएका बसन्तपुर–१, सर्लाहीका रविन्द्र कुमार ठाकुरका परिवारलाई दाबि भुक्तानी"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा दुर्घटना वीमा दावी रकम ११ लाख भुक्तानी

१२ आश्विन २०७३, बुधबार ११:२२


असोज १२, रामेछाप । नेपाल लाइफ इन्स्योरेन्स क.लि ले दुर्घटनाबाट मृत्यु भएका बसन्तपुर–१, सर्लाहीका रविन्द्र कुमार ठाकुरका परिवारलाई दाबि भुक्तानी गरेको छ । 

कम्पनीले बुधबार एक कार्यक्रमका बीच उप–शाखा कार्यलय प्रमुख राम खड्का र एजेन्सी मेनेजर  कृष्णबहादुर थापाले ठाकुरको परिवार राम दुलारी देवी हजामनीलाई ११ लाख १३ हजार रुपैया हस्तानतरण गर्नु भएको हो ।  

ठाकुरको २०७३ साल श्रावण २६ गते साप्ताहिक हाटको लागी मन्थलीबाट धोवी बजार हाटको लागी  जाने क्रममा गाडी दुर्घटनाम परि उपचारको क्रममा त्रि.वि शिक्षण अस्पतालमा  भर्ना भएको १ हप्तामा निधन भएको थियो । 

ठाकुरले २०७२ साल बैशाष महिना ३१ गते ५ लाख ११ हजारको विमा गराउनु भएको थियो । विमाको किस्ता बापत २ किस्तामा ९० हजार रुपैया जम्मा गर्नु भएको थियो । उहाँले कम्पनी बाट विमाङ्क रकम ५ लाख ११ हजार, दुर्घटना विमा बापत ५ लाख ११ हजार र वोनस ६६ हजार ४ सय ३० मात्र गरी १० लाख ८८ हजार ४ सय ३० रुपैया र ठाकुरले अभिकर्ता बापत पाउनु पर्ने रकम २५ हजार गरी जम्मा ११ लाख १३ हजार रुपैया लिनु भएको छ । 

ठाकुरको परिवारले पनि जिवन विमा २ लाख ४५ हजारको एकल भुक्तानी वीमा बापत २ लाख २ हजार २ रुपैया जम्मा गर्नु भएको छ । यसै विचमा युवा साझेदारी नेपालका अध्यक्ष जित बहादुर खड्काले वीमाले मृत्यु भएमा रकम  दिन्छ भन्ने सुन्नमा आएपनि आज प्रत्यक्ष देख्दा यसको महत्व रहेको बताउनुभयो । 

ठाकुरका जेठा छोरा राजकुमार ठाकुरले बुबाले जानी नजानी वीमा गर्नु  भएपनि आज यसै वीमा रकमले  बन्धकी रहेको घर जगा यसै रकमबाट असुल्ने कुरा सुनाउनुभयो । उहाँले विमा भुक्तानी रकम लिन पनि अफिसले निकै सहजबातावरण बनाइदिएकोले नगद भुक्तानी लिन सजिलो भएको बताए । एजेन्सी मेनेजर कृष्ण बहादुर थापाले व्यक्तिको जीवनमा आइपर्ने जोखिमलाई चन्दा सहयोगबाट होइन अब जीवन बीमाको क्षतिपुर्तिबाट  लिने बानी बसाल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला पार्टी सचिव लेख बहादुर कार्की, राप्रपा पार्टीका जिल्ला सचिव शिवजी अधिकारी, एजेन्सी मेनेजर श्रीराम सुवेदी,सावित्रा के.सी,पत्रकार, विभिन्न संघसँस्थाका प्रतिनिधि रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी