महेन्द्र केसी , असोज १३ पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले यतिबेला जिल्ला अदालतले विभिन्न शीर्षकमा कैद तथा जरिवाना तोकेका फरार अभियुक्तलाई पक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी , असोज १३ पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले यतिबेला जिल्ला अदालतले विभिन्न शीर्षकमा कैद तथा जरिवाना तोकेका फरार अभियुक्तलाई पक"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फरार अभियुक्तलाई हथकडी लाउँदै प्रहरी

१३ आश्विन २०७३, बिहीबार ०५:२९

महेन्द्र केसी , असोज १३ पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले यतिबेला जिल्ला अदालतले विभिन्न शीर्षकमा कैद तथा जरिवाना तोकेका फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानलाई तिब्र पारेको छ ।
 हप्तादिन भित्रमा प्रहरीले एक दर्जन भन्दा बढी फरार अभियुक्तलाई पक्राउ गरी पर्वत जिल्ला अदालतमा बुझाएको छ ।

प्रहरीले बुधबार विभिन्न स्थानबाट १० फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ । जसमध्ये सार्वजानिक अपराध  अन्तरगत बाजुङ १ का गणेश बहादुर बानियाँ, कुनपा १० का  अभिषेक गुरुङ, तनहुँ सतिसुँवारा ९ का डिप्सन गुरुङ, कुनपा ८ का राहुल खड्का क्षेत्री, तिलाहार ६ का समिर लामिछाने, देउपुर २ का बलबहादुर परियार, कुनपा १० का विवश नेपाली, रहेका छन् । उनीहरुमध्ये बानियाँलाइ ५ हजार र अन्यलाई जनही १ हजार जरिवाना फैसला सुनाइएको थियो ।

  त्यस्तै जुवा मुद्धामा नाङलीवाङ ९ का खड्क बहादुर केसी र बुद्धि थापालाई अदालतले १ सय २५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । प्रहरीले सम्बन्ध विच्छेदको मुद्धामा फरार रहेका कटुवाचौपारी ९ का रामचन्द्र विकलाई समेत पक्राउ गरेको छ । उनलाई अदालतले १ सय २५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । त्यसैगरी प्रहरीले  नकवजनी चोरी मुद्धामा लेखफाट २ का टेक बहादुर बि.क लाई पक्राउ गरेको छ । अदालतले विकलाई २८ दिनको कैद सजाय सुनाएको थियो । प्रहरीले योभन्दा अगाडि ८ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाई सकेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक शेखर खनालले फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान नै जिप्रकाले चलाएको बताएका छन् । उनले अपराध गर्ने कोहि पनि कानून बाहिर नरहने भन्दै फरार अभियुक्तलाई कानूनको दायरामा ल्याइ छाड्ने बताए । विभिन्न मुद्धामा जिल्ला अदालतले फैसला सुनाएका ३ सय भन्दा बढि व्यक्तिहरु अझै पनि फरार रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी