२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा चारसय शिक्षक दरबन्दी अपुग

१३ आश्विन २०७३, बिहीबार ०७:०१

असोज १३, रोल्पा । रोल्पा जिल्लाका सामुदायिक विद्यालयमा करिब चारसय शिक्षक दरबन्दी अपुग रहेको जिल्ला शिक्षा कार्यालय रोल्पाले जनाएको छ ।

जिल्लामा आधारभूत र माध्यमिक गरी चारसय सातवटा विद्यालयमा ८३ हजार नौ सय ९३ विद्यार्थी रहेका छन् भने शिक्षकको सङ्ख्या एक हजार तीन सय ३४ मात्र रहेको जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिए ।

पदपूर्ति भएका शिक्षकमध्ये एक हजार ८८ मात्र शुद्ध दरबन्दीका रहेका र बाँकी दुई सय ४६ शिक्षक राहत दरबन्दीका भएको पौडेलले बताए। पछिल्ला दिनमा सामुदायिक विद्यालयको पठनपाठनमा सुधार हुँदै गएका कारण विद्यार्थीको आकर्षण बढ्दै जाँदा यस्तो भार बढेको हुनसक्ने बालकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्य सीताराम डाँगीले जानकारी दिए ।

हाल निजी स्रोतबाट शिक्षक व्यवस्थापन गरिरहेको बताउँदै लामो समयसम्म व्ययभार व्यहोर्न सक्ने रोल्पालीको आर्थिक क्षमता नभएका कारण सरकारले अविलम्ब दरबन्दी व्यवस्था गरिदिनुपर्ने नेपाल शिक्षक महासङ्घ, रोल्पाका अध्यक्ष तथा जनसेवा मावि, राङ्सीका प्रधानाध्यापक भीमप्रकाश पुनले बताए ।

जिल्लामा शिक्षक दरबन्दी कम भएको महसुस भई आवश्यक व्यवस्थापनका लागि रोल्पाको सर्वदलीय टोली केही दिनअगाडि प्रधानमन्त्री कार्यालयमा गई कुरा राखेको हुँदा माग पूरा हुनेमा आफूहरु आशावादी रहेको नेपाली काँग्रेस, रोल्पाका प्रतिनिधि किशोर आचार्यले बताए । 

माध्यमिक तहको शिक्षा निःशुल्क भनिए पनि रोल्पालीले अझै विभिन्न बहानामा शिक्षा किन्नु परिरहेकोमा अभिभावकले दुखेसो पोखेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य