८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक

१३ आश्विन २०७३, बिहीबार ०७:४२

असोज १३, रोल्पा । जिल्लाका केही विद्यालयमा अझै पाठ्यपुस्तकको अभाव खड्किरहेको छ । 

शैक्षिकसत्र सुरु भएको महिनौँ बितिसक्दासम्म पनि विद्यार्थीले पुस्तक हेरेर पढ्न पढाउन नपाएको यहाँका शिक्षक र विद्यार्थीको गुनासो छ । 

सदरमुकामकै बाल कल्याण उच्च माविमा समेत कक्षा ९ को भूगोल र कम्प्युटर विषयको एउटा पनि किताव छैन भने अरु विद्यालयको अवस्था के होला ? प्राचार्य मधुसूदन पोख्रेलले गुनासो गर्नुभयो । 

“जिल्ला शिक्षा कार्यालय र पुस्तक पसलको गैरजिम्मेवारीपूर्ण कार्य हो यो उहाँले आक्रोश थियोे । म स्वयम्ले दशौँ पटक जिल्ला शिक्षा अधिकारीसँग यस विषयमा गुनासो राखिसकँे तर गुनासो गुनासोमै सीमित छ । विद्यार्थीले पाठ्यपुस्तक नपाएको विरोधमा गत असारमा ¥याली निकालेर बजार परिक्रमा गर्दा पनि कहीँ कतैबाट सुनुवाइ भएन” – प्राचार्य पोख्रेलले भन्नुभयो । 

यस्तै घोडागाउँस्थित रामेश्वरी माविमा कक्षा ९ र १० को कृषि र भूगोल विषयका केही सङ्ख्याका विषयका पाठ्यपुस्तक अपुग भएको विद्यालयका शिक्षक युवराज सुवेदीले जानकारी दिनुभयो । 

खुमेलस्थित इन्द्रेश्वरी माविमा भूगोल विषयको कक्षा ९ को पाठ्यपुस्तक अपुग भएपछि केही पुराना तथा केही नयाँ पुस्तक खरिद गरी गुजारा चलाइएको प्रअ रामचन्द्र आचार्यले जानकारी दिनुभयो । 

यस्तै तेबाङ माविका प्रअ विष्णुभक्त आचार्यका अनुसार कक्षा ९ को भूगोल जिल्लामै नआएपछि कक्षा १० मा गएका विद्यार्थीको पुरानो पुस्तक सङ्कलन गरी काम चलाइएको छ । 

खुंग्रीस्थित त्रिपुरेश्वरी माविका प्रअ अर्जुनबहादुर सिंहका अनुसार एकजना छात्र अलि ढिला विद्यालयमा भर्ना भएको हुँदा उनले आजसम्म पनि एउटै पुस्तक किनेर पढ्न पाएका छैनन् । 

जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले भने आफूहरुले गर्नुपर्ने समन्वय र रकम निकासा समयमै गरेको बताउनुभयो। रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी