२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा हुलाकको प्रभावकारिता खस्कदो

२०७२, २२ आश्विन शुक्रबार १७:३६

जीवराज बख्रेल । असोज २२, मकवानपुर । जिल्ला हुलाक
कार्यालय मकवानप’रले पहिलेको भन्दा पछिल्ला बर्षहरुमा हुलाकको प्रयोग घटेको जनाएको छ । नेट ईन्टरनेट,
फोन सेवा, पत्रपत्रिका, सामुदायिक रेडियो, बिभिन्न सामाजिक सञ्जाल तथा सञ्चारको सहज पहुच भएपछी हुलाक
सेवाको प्रभावकारिता घटेको जिल्ला हुलाक अधिकृत सुनिता कुमारी गजुरेलले बताउनुभयो ।

अहिले जिल्ला हुलाक कार्यालयबाट सराकारी तथा गैरसरकारी कार्यालयका चिठ्ठपत्र,
बिद्यालयका चिठ्ठपत्र आदानप्रदान, लगायतका कामहरु भईरहेको उहाँले बताउनुभयो । आगामी दिनमा हुलाक
कार्यालयलाई प्रभावकारी बनाउनको लागी प्रविधिको बिकास सगैँ प्राविधिकरण तिर लैजानुपर्ने उहाँको भनाई
रहेको छ । हुलाकलाई प्रभावकारी वनाउन ( यातायात) हुलाक गाडिको ब्यबस्था गर्ने पर्नेमा उहाले जोड दिनु
भयको छ । अहिलेको अवस्थामा हुलाक हरुले करीयरको काम गर्न नसकिरहको भन्दै कुरीयरले गर्ने काम हुलाक वाट
हुन थाले हुलाक माथि आकर्षण वढ्ने उहाको विस्वास छ ।

हुलाक
सेवालाई प्रभावकारी बनाउनको लागी केही बर्ष अगाडी नै सरकारी स्तरमै आयोग गठन गरिएपनी आयोगले अहिलेसम्म
केही प्रभावकारी निष्कर्ष निकाल्न नसकेको जिल्ला हुलाक अधिकृत गजुरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से