असोज १४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनको काम तीव्ररुपमा अघि बढाएको छ । 

कुकुर व्यवस्थापनको कामअन्तर्गत हालसम्म सिंहद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनको काम तीव्ररुपमा अघि बढाएको छ । 

कुकुर व्यवस्थापनको कामअन्तर्गत हालसम्म सिंहद"/>

2026-07-06 01:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामुदायिक कुकुर व्यवस्थापन कार्य तीव्र

2016-09-30

असोज १४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनको काम तीव्ररुपमा अघि बढाएको छ । 

कुकुर व्यवस्थापनको कामअन्तर्गत हालसम्म सिंहदरबारका ४०, वसन्तपुर क्षेत्रका २० र अन्य विभिन्न स्थानका गरी एक सय ८० वटा कुकुरको बन्ध्याकरणको काम गरिसकेको काठमाडौँ महानगरपालिका जनस्वाथ्य महाशाखा प्रमुख हरि श्रेष्ठले जानकारी दिनुभयो । 

विभिन्न स्थानमा छाडारूपमा छाडिएका कुकुरको व्यवस्थापन हुन नसक्दा समस्या आउनुका साथै अनावश्यक रूपमा कुकुरको सङ्ख्या बढेको र विभिन्न किसिमको रोगको सङ्क्रमण समेत बढेकाले नियन्त्रणका लागि अभियान सुरु गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो । 

कुकुर नियन्त्रण अभियानमा ‘ह्युमन सोसाइटी’ र महानगरपालिकाका सक्रियता भइरहेको छ । तीनवर्षे अभियानका लागि झन्डै रु तीन करोड ५० लाख लाग्ने अनुमान गरिएको छ । 

नियन्त्रणका क्रममा रेबिज रोग लागेको÷नलागेको र अन्य रोग लागेको भए तथ्याङ्क लिइने र तीनको उपचारको काम पनि गर्ने कामपाले जनाएको छ । 

“सहरमा बसोबास गर्ने मानिसले कुकुर पाल्ने रहर गर्ने र पालेको कुुकुर बुढो र बिरामी भएपछि त्यसलाई सडकमा छोड्ने बानीले गर्दा पछिल्लो समय काठमाडौँ उपत्यकामा कुकुरको सङ्ख्यामा वृद्धि भएको हो”, प्रमुख श्रेष्ठले भन्नुभयो । 

महानगरका ३५ वडामा सञ्चालन गरिएको यस अभियानको पहिलो चरणमा तथ्याङ्क लिने काम सम्पन्न भइसकेको छ । तथ्याङ्कअनुसार हाल काठमाडौँमा घरपालुवा र सामुदायिक गरी करिब चारलाख कुकुर रहेको अनुमान गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै