२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अखिल क्रान्तिकारीले गर्यो दुई शिक्षकलाई सम्मान

२०७३, १४ आश्विन शुक्रबार ०६:१४

महेन्द्र केसी /असोज १४ पर्वत ।  अखिल क्रान्तिरकारी विद्यार्थी संगठन पर्वतले दुई शिक्षकलाई सम्मान गरेको छ । शिक्षक र विद्यार्थीविचको सम्बन्धमा सुमधुर कायम गर्नको लागि दुई शिक्षकलाई सम्मान गरिएको अखिल नेपाल विद्यार्थी संगठनले जनाएको छ ।
 विहिबार शिवालय उमाविमा अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरी नारायण उमाविका प्राचार्य पृथ्वीनारायाण शर्मा र शिवालय उमाविका शिक्षक लेखनाथ उपाध्यालाई सम्मान गरेको हो । क्रान्तिकारीले सम्मानपत्र, दोसल्ला ओडाएर शिक्षककको सम्मान गरेको थियो ।  सम्मानपछि बोल्दै नारायण उमाविका प्राचार्य पृथ्वीनारायण शर्माले आफुले ४ दशक लामो शिक्षण पेशमा लागेर इमान्दारीकता साथ कर्तव्यनिष्ट भएकै परिणाम आफु आज सम्मान भएको बताए ।
उनले आफुले जिन्दगीभर कुनै पार्टीको झण्डा नबोकेको र बिद्याथीहरुको झण्डा बोकेकोले यो सम्मान प्राप्त भएको बताए । मैले मेरो जीवनकालमा झण्डै ४१ बर्ष अध्यापन गराए , यो अबधीमा कुनै राजनैतिक पार्टीको झण्डा बोकिन बोके त केवल बिद्यार्थीहरुलाई शिक्षाको ज्योती छर्ने झण्डा बोके जसको उपज आज यो सम्मान मिलेको छ , उनले भने । शिवालय उमाविका शिक्षक लेखनाथ उपाध्यायले आफुलाई पढाएको शिक्षकसँगै सम्मानित हुन पाउनु गौरबको कुरा भएको बताए । तीन दशक लामो समय शिक्षण पेशामा लागेका उनले गुरुसँगै सम्मानीत हुन्छ भन्ने कुरा नसोचेको बताए ।


शिक्षक र विद्यार्थीको सम्बन्ध सुमधुर भएमात्रै उत्पादन पनि राम्रो हुने जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले बताए । गुरु र चेलाको सम्बन्ध सुमधुर भएकै कारण आज चेलाले विद्यार्थीलाई सम्मान गरेको बताए । पौडेलले गुरुले आफ्नो कर्तव्यबोध गरी इमान्दातिाका साथ पेशामा लागेकै कारण आज चेलाले शिक्षकलाई सम्मान गर्ने अबसर आएको बताए । उनले पछिल्लो समयमा शिक्षण पेशमा राजनीति हावि हुन थालेका कारण शिक्षक र विद्यार्थीविचको सम्बन्ध मात्रै नभए बहुआयामिक उत्पादन हुन नसकेको दाबी समेत गरे । उनले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्नी खालको जस्तो भएको बताउँदै शिक्षामा सबैको समान पहुँच बनाउनको लागि आफु लागिरहेको बताए ।
 अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रिय सदस्य तथा युवा नेता शंकर गिरीले बिद्यार्थी संगठनहरु राजनीति गर्ने नभई शिक्षामा भएका चुनौतिको विरुद्धमा एक हुनुपर्नेमा जोड दिए । उनले शिक्षक र विद्यार्थी विचको सम्बन्ध सुमधुर छ भन्ने कुरा  ईमान्दार र समाजसेवी गुरुहरुलाई गरेको सम्मानले पुष्टि गरेको बताए । गिरीले पछिल्लो समयमा शिक्षकहरु बइमानी भएका कारण शिक्षा क्षेत्रमा राज्यले गरेको लगानी बालुवामा पानी सरह भएको भन्दै कुशल र इमान्दार शिक्षक बन्नको लागि अन्य शिक्षकलाई आग्रह समेत गरे ।


शिक्षकले राजनीति नभई कलिला बालबालिकालाई भोलिको लागि प्रतिपर्दा गर्न सक्ने बनाउनुपर्नेमा उनको जोड थियो । आफ्नो पेशाप्रति इमान्दार र कर्तव्यनिष्ट भइ लाग्ने शिक्षकहरुले अखिल क्रान्तिकारी सदैव सम्मान गर्ने उनले बताए । उनले आफुले इमान्दार तथा कुशल शिक्षकलाई सम्मान गर्ने चाहाना भएता पनि नपाएका तर आज संगठनले आफ्नो इन्छा पुरा गरिदिएको समेत बताए ।



अखिल क्रान्तिकारी पर्वतका अध्यक्ष बिजय प्रकाश सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकमा  शिक्षक भुमिराज शर्मा, किसोर मनस्बी, भुपेन्द्र चापागाई, प्रध्यापक राजेन्द्र पहाडी, सहारा न्युज दैनिकका सम्पादक प्रनिश गिरी, सुचनाकेन्द्र डटकमका प्रधानसम्पादक बैकुण्ठ गिरी लगायतले बोलेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य क्रान्तिकारी जिल्ला सदस्य प्रमोद शर्मा र संचालन क्रान्तिकारीका जिल्ला सचिवालय सदस्य शिब संकल्पले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से