८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अखिल क्रान्तिकारीले गर्यो दुई शिक्षकलाई सम्मान

१४ आश्विन २०७३, शुक्रबार ०६:१४

महेन्द्र केसी /असोज १४ पर्वत ।  अखिल क्रान्तिरकारी विद्यार्थी संगठन पर्वतले दुई शिक्षकलाई सम्मान गरेको छ । शिक्षक र विद्यार्थीविचको सम्बन्धमा सुमधुर कायम गर्नको लागि दुई शिक्षकलाई सम्मान गरिएको अखिल नेपाल विद्यार्थी संगठनले जनाएको छ ।
 विहिबार शिवालय उमाविमा अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरी नारायण उमाविका प्राचार्य पृथ्वीनारायाण शर्मा र शिवालय उमाविका शिक्षक लेखनाथ उपाध्यालाई सम्मान गरेको हो । क्रान्तिकारीले सम्मानपत्र, दोसल्ला ओडाएर शिक्षककको सम्मान गरेको थियो ।  सम्मानपछि बोल्दै नारायण उमाविका प्राचार्य पृथ्वीनारायण शर्माले आफुले ४ दशक लामो शिक्षण पेशमा लागेर इमान्दारीकता साथ कर्तव्यनिष्ट भएकै परिणाम आफु आज सम्मान भएको बताए ।
उनले आफुले जिन्दगीभर कुनै पार्टीको झण्डा नबोकेको र बिद्याथीहरुको झण्डा बोकेकोले यो सम्मान प्राप्त भएको बताए । मैले मेरो जीवनकालमा झण्डै ४१ बर्ष अध्यापन गराए , यो अबधीमा कुनै राजनैतिक पार्टीको झण्डा बोकिन बोके त केवल बिद्यार्थीहरुलाई शिक्षाको ज्योती छर्ने झण्डा बोके जसको उपज आज यो सम्मान मिलेको छ , उनले भने । शिवालय उमाविका शिक्षक लेखनाथ उपाध्यायले आफुलाई पढाएको शिक्षकसँगै सम्मानित हुन पाउनु गौरबको कुरा भएको बताए । तीन दशक लामो समय शिक्षण पेशामा लागेका उनले गुरुसँगै सम्मानीत हुन्छ भन्ने कुरा नसोचेको बताए ।


शिक्षक र विद्यार्थीको सम्बन्ध सुमधुर भएमात्रै उत्पादन पनि राम्रो हुने जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले बताए । गुरु र चेलाको सम्बन्ध सुमधुर भएकै कारण आज चेलाले विद्यार्थीलाई सम्मान गरेको बताए । पौडेलले गुरुले आफ्नो कर्तव्यबोध गरी इमान्दातिाका साथ पेशामा लागेकै कारण आज चेलाले शिक्षकलाई सम्मान गर्ने अबसर आएको बताए । उनले पछिल्लो समयमा शिक्षण पेशमा राजनीति हावि हुन थालेका कारण शिक्षक र विद्यार्थीविचको सम्बन्ध मात्रै नभए बहुआयामिक उत्पादन हुन नसकेको दाबी समेत गरे । उनले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्नी खालको जस्तो भएको बताउँदै शिक्षामा सबैको समान पहुँच बनाउनको लागि आफु लागिरहेको बताए ।
 अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रिय सदस्य तथा युवा नेता शंकर गिरीले बिद्यार्थी संगठनहरु राजनीति गर्ने नभई शिक्षामा भएका चुनौतिको विरुद्धमा एक हुनुपर्नेमा जोड दिए । उनले शिक्षक र विद्यार्थी विचको सम्बन्ध सुमधुर छ भन्ने कुरा  ईमान्दार र समाजसेवी गुरुहरुलाई गरेको सम्मानले पुष्टि गरेको बताए । गिरीले पछिल्लो समयमा शिक्षकहरु बइमानी भएका कारण शिक्षा क्षेत्रमा राज्यले गरेको लगानी बालुवामा पानी सरह भएको भन्दै कुशल र इमान्दार शिक्षक बन्नको लागि अन्य शिक्षकलाई आग्रह समेत गरे ।


शिक्षकले राजनीति नभई कलिला बालबालिकालाई भोलिको लागि प्रतिपर्दा गर्न सक्ने बनाउनुपर्नेमा उनको जोड थियो । आफ्नो पेशाप्रति इमान्दार र कर्तव्यनिष्ट भइ लाग्ने शिक्षकहरुले अखिल क्रान्तिकारी सदैव सम्मान गर्ने उनले बताए । उनले आफुले इमान्दार तथा कुशल शिक्षकलाई सम्मान गर्ने चाहाना भएता पनि नपाएका तर आज संगठनले आफ्नो इन्छा पुरा गरिदिएको समेत बताए ।



अखिल क्रान्तिकारी पर्वतका अध्यक्ष बिजय प्रकाश सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकमा  शिक्षक भुमिराज शर्मा, किसोर मनस्बी, भुपेन्द्र चापागाई, प्रध्यापक राजेन्द्र पहाडी, सहारा न्युज दैनिकका सम्पादक प्रनिश गिरी, सुचनाकेन्द्र डटकमका प्रधानसम्पादक बैकुण्ठ गिरी लगायतले बोलेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य क्रान्तिकारी जिल्ला सदस्य प्रमोद शर्मा र संचालन क्रान्तिकारीका जिल्ला सचिवालय सदस्य शिब संकल्पले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ