असोज १४, कपिलवस्तु । लुम्विनी अञ्चल प्रहरी वरिष्ट उपरीक्षक शेर बहादुर बस्नेतले सवारी दुर्घटना न्यूनीकरणमा सवारी चालकको भूमिका महत्वपूर्ण रहेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १४, कपिलवस्तु । लुम्विनी अञ्चल प्रहरी वरिष्ट उपरीक्षक शेर बहादुर बस्नेतले सवारी दुर्घटना न्यूनीकरणमा सवारी चालकको भूमिका महत्वपूर्ण रहेको "/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सवारी दुर्घटनामा कमी ल्याउन चालकको भूमिका महत्वपूर्ण

१४ आश्विन २०७३, शुक्रबार ०६:२९


असोज १४, कपिलवस्तु । लुम्विनी अञ्चल प्रहरी वरिष्ट उपरीक्षक शेर बहादुर बस्नेतले सवारी दुर्घटना न्यूनीकरणमा सवारी चालकको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका बीच औल्याउनुभएको छ ।

वाणगंगा यातायात व्यवसायी समितिद्वारा जिल्लाको चन्द्रौटामा आयोजित दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरुलाई एक दिने प्रशिक्षणका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले दुर्घटनामा कमी ल्याउन सवारी चालकमै निहित रहेको बताउनुभएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले चालककै लापरबाहीले गर्दा नै सवारी दुर्घटना बढेको भन्दै ट्राफिक नियमलाई अवलम्बन गरी सवारी चलाउन जिकिर गर्नुभयो । मादक पदार्थ सेवन, सवारीको तीब्र गति, जीर्ण तथा साँगुरो सडक, ओभरलोड साथै पैदल यात्रीको लापरवाही लगायतका कारणले दिनप्रतिदिन सवारी दुर्घटनामा वृद्धि भएको औल्याउँदै प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले चालकहरु आफैं सचेत हुनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका बस्नेतले चाडपर्वसँगै जिल्लामा चोरी, डकैती, तस्करी जस्ता हुने विभिन्न अपराधिक क्रियाकलाप हुनसक्ने भन्दै सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन प्रहरी प्रशासनलाई निर्देशन समेत दिनुभयो । 

नजिकै आइपुगेको हिन्दूहरुको महान चाड बडादशैंको अवसरमा सवारी साधनमा हुने अस्वस्थ प्रतिपर्धा, ओभरलोड, तीब्र गतिका कारण दुर्घटना बढ्न सक्ने हुँदा यसतर्फ सबैलाई सजग हुन आग्रह गर्नुभयो । कार्यक्रमकै अवसरमा वरिष्ट उपरीक्षक वस्नेतले बडादशैं तथा विभिन्न चाडपर्वले सबै समुदायबीच सद्भाव भाइचारा र शान्ति सुव्यवस्था ल्याओस् भनी शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा पश्चिम यातायात व्यवसायी समितिका अध्यक्ष लोकराज पोख्रेलले सवारी दुर्घटनाबाट हामीले वरिष्ट व्यक्तित्व गुमाउनु परेको चिन्ता व्यक्त गर्दै राज्यले सवारी दुर्घटनाको दिन मात्र न्युनीकरण गर्नुपर्छ भन्ने गरेकाले  सवारी दुर्घटनामा कमी आउन नसकेको गुनासो गर्नुभयो ।

सुरक्षित यात्रा नेपालका केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद वेल्वासेले यात्रा गर्दा हरेक यात्रुलाई सुरक्षित तरिकाले यात्रा गर्न पाउनुपर्नेमा जोड दिनुभयो । कपिलवस्तुका जिल्ला प्रहरी उपरीक्षक विष्णु कुमार के।सी।ले सवारी दुर्घटना न्युनीकरण गर्न प्रहरीको मात्र प्रयासले नुहुने बताउँदै सबैको सहयोग र सहकार्य रहेमा दुर्घटनामा कमी आउने बताउनुभयो ।

यता वाणगंगा यातायात व्यवसायी समितिका अध्यक्ष विष्णुप्रसाद  न्यौपानेले सवारी दुर्घटनामा कमी ल्याउन आफूहरु गम्भीर रहेको बताउँदै प्रहरी प्रशासनसँग हातेमालो गरी दुर्घटना न्यूनीकरणका लागि हर तरहबाट सहयोग र सहकार्यमा जुट्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

कार्यक्रममा सुरक्षित यात्रा नेपालका केन्द्रिय अध्यक्ष कृष्ण वेल्वासे, क्षेत्रीय ट्राफिक कार्यालय वुटवलका प्रमुख प्रकाश अधिकारी इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख मेघनाथ पाध्या, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक राजकुमार शिलवाल, यातायात व्यवस्था कार्यालयका देविराम भण्डारी, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, ट्राफिक प्रहरी, यातायात व्यवसायी, सवारी चालक, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ