2026-07-06 03:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा भकारो सुधार कार्यक्रम प्रभावकारी

असोज १४, इलाम । रासायनिक मलको प्रयोग घटाउने उद्देश्यले थालिएको भकारो सुधार कार्यक्रम प्रभावकारी देखिएको छ । 

तीन वर्षदेखि जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको कार्यक्रमअन्तर्गत गाईभैँसी, बाख्रालगायत विभिन्न पशुको मलमूत्रलाई व्यवस्थित ढङ्गले जोहो गरेर खेतीबारीसम्म पु¥याउन कृषकलाई प्राविधिक र पूर्वाधार विकासमा सहयोग गरिरहेको छ । 

रासायनिक मलकै तुलनामा पशु मलमूत्रले उब्जनी हुने र स्वस्थकर हुने भन्ने चेतना किसानमा आउन थालेपछि सो कार्यक्रमप्रति आकर्षण बढेको हो । “आफ्नो गोठ सुधार गरेपछि खेर गइरहेको गाईभैँसीको गोबर र गहुँतको प्रभावकारिता बढ्दो रहेछ,” जीतपुरका प्रेमसागर बरालले भन्नुभयो । 

गाविसले कृषि विकास कार्यालयसँग समन्वय गरेर कृषकलाई अनुदानसहित भकारो सुधार कार्यक्रम सञ्चालन गरेको छ । बालीमा लाग्ने किरा नियन्त्रण गर्ने र माटोको उर्बराशक्ति बढाउने मुख्य उद्देश्य लिएर कृषि र गाविसको लागत साझेदारीमा कार्यक्रम सञ्चालन भएको जीतपुर गाविसका सचिव युवराज घोसाइले बताउनुभयो । 

गाईभैँसीको गोबर र पिसाबलाई सङ्कलन गरेर रासायनिक मलको सट्टामा प्रयोग गर्न सकिने कृषि प्राविधिक बताउँछन् । यसका लागि भकारोलाई घामबाट जोगाउन छाप्रोको व्यवस्था गर्नुपर्ने हुन्छ । जीतपुरका ४२ घरधुरीलाई गोठ पूर्वाधारका निम्ति अनुदान सहयोग दिइएको छ । अगुवा किसानलाई लक्षित गरेर सो अभियान आगामी वर्षबाट गाउँभरि सञ्चालन गर्ने र अर्गानिक गाउँको रूपमा विकास गर्ने गाविसको दीर्घकालीन योजना रहेको सचिव घोर्साले बताउनुभयो । 

जिल्लाका माइपोखरी, इलाम नगरपालिका, नामसालिङ, एकतप्पा, सूर्योदय नगरपालिका, गोदकलगायतमा यसअघि करिब ५०० जना कृषक सो कार्यक्रमबाट लाभान्वित भइसकेका छन् । गत वर्ष कार्यालयले ३० किसानलाई सेवा दिएको कृषि विकास कार्यालयका योजना अधिकृत प्रकाशमणि काफ्ले बताउनुभयो । कार्यालयले गड्यौले मल उत्पादनमा पनि सघाउँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै