असोज १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारीले अन्र्तराष्ट्रिय आतंकवादको विरुद्धमा नेपाल रहेको बताएका छन् ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारीले अन्र्तराष्ट्रिय आतंकवादको विरुद्धमा नेपाल रहेको बताएका छन् ।
2026-07-06 03:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतविनाको सार्कको अस्तित्व छैन: पराष्ट्रविदहरु

2016-09-30

असोज १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारीले अन्र्तराष्ट्रिय आतंकवादको विरुद्धमा नेपाल रहेको बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. अधिकारीले नेपाल अन्र्तराष्ट्रिय आतंवादको विरुद्धमा रहेको बताएका हुन् । उनले अघि थपे,‘हामी ईन जनरल र ईन प्रिन्सिपल आतंकवादको विरुद्धमा छौं ।’ यद्धपी उनले भारत–पाकिस्तानवीचको बढ्दो तनावलाई लिएर नेपालले अहिले नै बोल्न नमिल्ने स्पष्ट पारे ।

साक्षात्कार कार्यक्रममा बोल्दै अधिकारीले आगामी नोभेम्बरमा पाकिस्तानको ईस्लामवादमा हुने भनिएको १९ औं सार्क सम्मेलनको अन्यौलताबारे समेत प्रधानमन्त्रीले सरकारको तर्फबाट आफ्नो धारणा राखिसकेकोले नेपाल सार्कको अध्यक्ष राष्ट्रको हैसियतले निर्धारित मितिमै होस भन्ने चाहेको स्पष्ट पारे ।

सार्क राष्ट्रको कुनै एक सदस्यले भाग नलिए सम्मेलन नै प्रभावित हुने भएकाले सबै सदस्य राष्ट्रको सहमति आवश्यक रहेको उनको भनाई थियो । भारतविना सार्कको औचित्य नै नहुने अधिकारीले स्पष्ट पारे ।

अर्थविद डा. विश्वम्भर प्याकुरेलले सार्कलाई अहिलेसम्म भारतले नै नेतृत्व दिएकोले भारतविनाको सार्कको कुनै अस्तित्व नै नहुने बताए । प्याकुरेलले अहिले सार्क दुई फ्याक्टरमा विभाजित जस्तो बनेको तर्क गरे ।

उनले भने,‘अहिले सार्क दुई भागमा बाँडिएको छ, एउटा सार्क २ छ जहाँ भारत र पाकिस्तान मात्रै छन्, अर्को सार्क ६ छ त्यसमा भारत र पाकिस्तानवाहेकका राष्ट्रहरु छन् ।’ डा. प्याकुरेलले सार्क ईकोनोमिक प्रष्पेक्टिभमा ईनईफेक्टिभ भएको बताए । नेपाल सार्क राष्ट्रको अध्यक्षको हैसियतमा भएकोले अहिले सन्तुलित एवम् प्रभावकारी भूमिका खेल्नुपर्ने प्याकुरेलको भनाई थियो ।

पराष्ट्रविद डा. निश्लनाथ पाण्डेले सार्क अहिले मरणासन्न र चीर निद्रामा रहेको टिप्पणी गरे । पाण्डेले भारत–पाकिस्तान तनावका कारण अहिले सार्क सम्मेलन अन्यौलमा रहेकोले अध्यक्ष राष्ट्रको हैसियतले आफ्नो दायित्व प्रभाकारी ढंगले निर्वाह गर्नुपर्ने बताए । उनले भारतले सार्कलाई त्यति महत्व नदिएको समेत बताए ।

उनले सार्क सम्मेलनको बारेमा नेपाल सरकारले पटक पटक वक्तव्य निकाल्नुभन्दा पनि विचार पुर्याएर एउटै विज्ञप्ती निकाल्नुपर्ने धारणा राखे । उनले थपे,‘अफिसियल डकुमेन्ट निकाल्दा विचार पुरयाएर एउटै निकाल्नुपर्छ ।’भारतले आतंकवादको विरुद्धमा सर्जिकल स्टा«ईक थालेको बारेमा टिप्पणी गर्दै आतंकवादको विरोध गर्नु राम्रो कुरा भएको पाण्डेको भनाई थियो ।

पूर्वराजदुत प्रद्युम्न विक्रम शाहले सार्क सम्मेलन स्थगित् हुनु नौलो कुरा नभएको भन्दै आयोजक राष्ट्रमा आन्तरिक समस्या भए भेन्यु सार्न सकिने बताए । यद्धपी उनले भारत–पाकिस्तावीच अहिले देखिएको समस्यालाई वार्ताबाटै हल गरेर मिलाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै