असोज १४, काठमाडौँ । बडादसैँ, तिहार छठ पर्वका समयमा राजधानीको सुरक्षा व्यवस्थालाई त्रुटिरहित र मजबुत बनाउन प्रहरीले तीन चरणको सुरक्षा योजना अवलम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १४, काठमाडौँ । बडादसैँ, तिहार छठ पर्वका समयमा राजधानीको सुरक्षा व्यवस्थालाई त्रुटिरहित र मजबुत बनाउन प्रहरीले तीन चरणको सुरक्षा योजना अवलम"/>

2026-07-06 03:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीमा सुरक्षा योजनाः कुकुर परिचालनदेखि मोटर गस्तीसम्म

2016-09-30


असोज १४, काठमाडौँ । बडादसैँ, तिहार छठ पर्वका समयमा राजधानीको सुरक्षा व्यवस्थालाई त्रुटिरहित र मजबुत बनाउन प्रहरीले तीन चरणको सुरक्षा योजना अवलम्बन गर्ने भएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी चाडपर्वमा जनतालाई सुरक्षा दिलाउन र विदेशबाट घर फर्कने एवम् काठमाडौँ उपत्यकाबाट गन्तव्यमा जाने यात्रु समेतलाई पूर्ण सुरक्षाको सुनिश्चितता दिलाउन सुरक्षा रणनीति तय गरिने जानकारी दिएको छ । 

परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विक्रमसिंह थापाले चाडपर्वका लागि चार हजारभन्दा बढी जनशक्ति खटाई परिचालन गरिएको बताउनुभयो । सुरक्षाका लागि कुकुरको परिचालनदेखि पैदल गस्ती, सवारी गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती र मोटर गस्ती गरिने उहाँले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय तथा सरोकार भएका निकायसँग समन्वय गरी बजार अनुगमन तीव्र पारिएको प्रहरीले जनाएको छ । 

चोरी, जुवातास, गुन्डागर्दी, पाकेटमारी नियन्त्रण गर्न राजधानी भित्रिने र बाहिरिने नाका, अर्थिक कारोबार हुने स्थान, ठूला पसल, गहना पसल, दसैँ बजारलगायत स्थानमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने छ । बढी भाडा असुल्ने, अत्यधिक यात्रु राखी सवारी साधन चलाउने, मिठाइ तथा खाद्य पदार्थमा हुने मिसावटको अनुगमन तथा नियन्त्रणसमेत प्रहरीले तीव्र पार्ने छ । 

यात्रुलाई सहज यात्रा गर्न र सुविधा दिन सुन्धारा, गौशाला र नयाँ बसपार्कमा दुई दुई स्थान तथा कोटेश्वर, बल्खु, कलङ्की र बालाजुमा एक एक स्थानमा गरी नौ स्थानमा प्रहरीको सहयोग कक्ष खडा गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै