२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

दशैको अवसरमा सामुहिक टिका लगाउने कार्यक्रम सम्पन्न

८ कार्तिक २०७२, आईतवार ०२:४५

कात्तिक ८, मकवानपुर ।
सदियौदेखि नेपाली समाजमा विद्यमान जातीय छुवाछुत अन्त्य गर्न मकवानपुरको थाहा नगरको ओखरबजारमा किशोर
किशोरीहरुले दशैको अवसरमा सामुहिक टिका लगाउने कार्यक्रम सम्पन्न गरेकाछन् ।

समाजमा दलित समुदायलाई गैर दलित समुदायले गर्ने विभेदको अन्त्य गरी समतामूलक समाज
निर्माणकालागि सामुहिक टिका आयोजना गरिएको हो । थाहा नगरको ओखरबजारको दीपज्योति किशोरी संवाद केन्द्रको
आयोजनामा भएको कार्यक्रममा संवाद सहयोग समिति संयोजक थकुमाया प्रधान तथा समितिका सदस्यहरु राजनमाया
प्रधान, रेणुका प्रधान र राधिका प्रधान र स्थानीय समाजसेवी विमलकुमार ढकाल, रीता प्रधान तथा
अच्युतमप्रसाद ढकालको हातवाट स्थानीय दलित र गैर दलित किशोर किशोरीले सामुहिक रुपमा टिका जमरा र आशिष
थापेका हुन् ।

विगतमा दलित भनेर छुन नहुने, उनीहरुले छोएको खान
नहुने र घर भित्र पसाउन नहुने भनेर विभेद गरिने दलित समुदायलाई पनि विना भेदभाव सबैसंग राखेर टिका
लगाउने र खानपिन गर्ने कार्य भएपछि खुसी लागेको सफलता नेपालीले बताउनुभयो । त्यस्तै कार्यक्रममा सहभागी
हुनुभएका बिनीसा अमात्यले पनि दलित साथीहरुलाई आफूहरुसंग संगै राखेर टिका लगाउने र खानपिन गराउने
कार्यमा सहयोग गरेको प्रति संवाद सहयोग समितिलाई धन्यवाद दिनूभयो । कार्यक्रम संवाद परियोजना अधिकृत
कमलकुमार विश्वकर्मा, फिल्ड सुपरभाइजर रुपा सुनारको पनि उपस्थिती रहेको थियो ।

यस्तो कार्यक्रम आगामि दिनमा पनि निरन्तरता दिनूपर्ने इन्द्रायणी संवाद सहयोग समितिका
संयोजक सिताराम बयलकोटीले बताउनुभयो । कार्यक्रममा स्मृति किशोरी संवाद केन्द्र, सृजनशील किशोर संवाद
केन्द्र र इन्द्रायणी किशोरी संवाद केन्द्रका किशोर किशोरीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…