2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महिलाको रहस्यमय मृत्यु, हत्या आशङ्कामा श्रीमान् पक्राउ

असोज १५, भीमदत्तनगर । कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शङ्कास्पद मृत्यु भएको छ । 

गएराति मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए । 

‘हत्या घटनालाई लुकाउन दुर्घटनातर्फ ध्यान केन्द्रित गरेको जस्तो देखिन्छ ।’ इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक सुदाम रावलले भने–“टाउकोमा चोट र घाँटीमा निलडाम देखिएकाले थप रहस्यमय छ ।” 

मृतकका श्रीमान् बलरामले मोटरसाइकल दुर्घटनामा घाइते भएको भन्दै झलारी बजारमा उपचारका लागि ल्याएको र पछि प्रहरीलाई खबर गरेको निरीक्षक रावलले बताए । ‘घटनास्थल हेर्दा महिलालाई खेतमा लछारपछार गरी नालामा धोएको जस्तो पनि छ ।’ रावलले भने– “घटना रहस्यमय लागेपछि रातिदेखि नै विस्तृत अनुसन्धान सुरु गरेका छौं ।” 

झलारी बजारमा सामान्य उपचार गराइएकी रानालाई थप उपचारका लागि यहाँस्थित महाकाली अञ्चल अस्पताल पु¥याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

इप्रका झलारीले मृतकका श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । 

महिलाको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ । त्यसैगरी घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको एक टोली घटनास्थलतर्फ जाँदैछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई