२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

राष्ट्रभक्तिका साहित्य सुनाइए सडकमा

१५ कार्तिक २०७२, आईतवार ०७:०२

कार्तिक १५, मकवानपुर / मकवानपुरका प्रगतिशील साहित्यकारहरुले आज सडकमै
राष्ट्रिय भक्तिभावले भरिएका साहित्यिक रचना सुनाएका छन् । हेटौंडा बजारको बुद्धचोक नजिकै सडकमा
उनीहरुले कविता, गजल, कथा जस्ता साहित्यिक सृजना सुनाएका हुन् । कायक्रममा साहित्यकारहरु निमेश निखिल,
नवराज शर्मा, मिनप्रसाद लामिछाने, यस लामा, जेनन नेपाल, प्रमोद अधिकारी लगायतले राष्ट्रिप्रेम र
प्रगतीशील साहित्यिक सृजना प्रस्तुत गरेका थिए ।

जनसाहित्य शब्द
यात्रा अन्तर्गत प्रगतिशील लेखक संघ मकवानपुरले सडक कविता वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
जिल्लाका साहित्यकार तथा साहित्यप्रेमी दर्शक सहभागी कार्यक्रममा संघका उपाध्यक्ष दिपक गौतमको अध्यक्षता
रहेको थियो । यसैबीच, साहित्य संगम मकवानपुरले पनि आज २ सय ४१ औं साहित्य सन्ध्या सम्पन्न गरेको छ ।
साहित्यिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यले नियमित रुपमा सन्ध्या सञ्चालन गर्दै आएको संगमले
कार्यक्रमलाई निरन्तरता दिएको हो ।

संगमका अध्यक्ष सुवास खनालको
अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा साहित्यकार निमेश निखिलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा
साहित्यकारहरु देवराज खरेल, तुलसी घिमिरे, शम्भु बाँस्कोटा, आरसी रिजाल, तिर्थदेवी सिलवाल, सुन्दर
कार्की लगायतका अतिथिहरु रहेका थिए ।

कार्यक्रममा साहित्यकारहरु
उमेश तिमल्सिना, अनिता न्यौपाने, अर्जुन क्षितिज, छवि अनित्य, अप्सरा तिम्सिना लगायत करिब डेढ दर्जन
साहित्यकारहरुले रचना वाचन गरेका थिए । साहित्यकारहरुले आफ्ना रचना मार्फत राष्ट्रियता झल्काउँदै
समसामयिक सन्दर्भका रचनाहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन