2026-07-06 05:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्ततः व्यबसायीले सरकारसामु घुँडा टेके, टिकट बुकिङ भोलिबाट खुल्ने

2016-10-02

असोज १६, काठमाडौं । अन्ततः सरकारले यातायात व्यबसायीहरूलाइ घुडा टेकाएको छ । दशैं सुरुहुँदा पनि व्यवसायीहरु विभिन्न सर्त राखेर आग्रिम टिकट बन्द गरेका थिए ।

तर सरकारले दशैंमा घर जान चाहनेहरुलाई नेपाली सेना, प्रहरीदेखि स्कुलका बसहरु सञ्चालन गरेर भएपछि गन्त्व्यसम्म लैजाने योजना बनाएपछि सरकारसामु व्यवसायीहरु घुँडा टेक्न बाध्य भएका हुन् । 

आइतबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका भएको बैठकमा भोलिदेखि बुकिङ खुलाउन र घर जान चाहने सबै यात्रुलाई गन्तब्यमा पुर्‍याउन व्यवसायीहरु सहमत भएका छन् । मन्त्रालयका अनुसार व्यवसायीहरु दशैंमा काठमाडौंबाट बाहिरिने सबै यात्रुलाई गन्तब्यमा पुर्‍याउन तयार भएका छन् । अब भोलिबाट फेरि टिकट बुकिङ खुल्नेछ ।

सरकारसँग बार्गेनिङ गर्न यातायात व्यवसायीहरुले यो वर्ष नयाँ गाडी थपेका थिएनन् भने असोज ७ गते खुलाइएको बुकिङ पनि केही दिनमा नै सकिएको दाबी गरेका थिए । जसका कारण दशैंमा घर जान चाहने झण्डै ७ लाख मानिस टिकटबिहीन बनेका थिए ।

व्यवसायीहरु संगको सहमतिसँगै विद्यालय तथा सुरक्षा निकायको बस चलाउने सरकारको तयारी तत्कालका स्थगित गरिएको छ । आज प्रधानमन्त्री दाहालले उपत्यका बाहिर सय ओटा सुरक्षा निकाय तथा निजि  सवारीबाटै  भएपनि जनतालाई आ-आफ्नो गन्तव्यमा पुर्याउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै