२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

नवरात्रको अबसरमा १०८ दुर्गासप्तसती चण्डी पाठ हुँदै

२०७३, १७ आश्विन सोमबार ०१:५६

असोज १७, हेटौडा | नवरात्रको अबसरमा कुश्माण्ड सरोबर त्रिबेणीधाममा १०८ दुर्गासप्तसती चण्डी पाठ भइरहेको छ । हरेक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म पाठ गर्ने गरिएको समितिले जनाएको छ । 

नवरात्रभरमा १०८ दुर्गासप्तसती चण्डी पाठ पूरा गर्नुपर्ने भएपनि पाठ गर्ने व्यक्तिहरूको अभाव रहेको समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँले सो कार्यक्रममा सहभागी भई पाठ गरिदिनु हुन सबै ईच्छुक महानुभावहरूलाई आग्रह गर्नुभएको छ । सो पाठ कार्यक्रममा सहभागी भई आफूले सकेजति पाठ गर्न सकिने पनि उहाँले बताउनुभयो । सो क्षेत्र देवीका नौ वटा स्वरुपमध्ये चौथो स्वरुप कुष्माण्डा देवीको विशेषस्थल हो । सो स्थानमा सत्य युगमा कुष्माण्डा भगवतीले तपस्या गर्नुभएको धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ त्यसैले नवरात्रभरमा दुर्गासप्तसती चण्डी पाठ गर्ने भक्तजनलाई विशेष पुण्य प्राप्त हुने पण्डित देवीप्रसाद कोइरालाले बताउनुभयो । 

कुष्माण्डा भगवतीको मन्दिरसहित विभिन्न देवीदेवताको मन्दिर रहेको सो क्षेत्रमा नवरात्र तथा कुष्माण्ड नवमीमा विशेष पूजना आराधना हुने गर्छ । अहिले नवरात्रमा पनि बिहानैदेखि भक्तजनहरुको ठूलो भीड लाग्ने गरेको छ । मन्दिरमा घटस्थापनाका दिन जमारा राखी नवदुर्गा स्थापना गरेर हरेक दिन बिहान ५ बजेदेखि नै पूजा आराधना हुने गरेको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से