असोज १७, काठमाडौं | दसैं- हिलो, मैलो र वर्षा हराएपछिको चाड । मनसुन बिदा भएपछि खुलेको आकाश । मनसुन बिदा हुने बेलामा मनाइने चाड भएको हुनाले पनि कविशिरोमणि लेखनाथ पौड्यालल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १७, काठमाडौं | दसैं- हिलो, मैलो र वर्षा हराएपछिको चाड । मनसुन बिदा भएपछि खुलेको आकाश । मनसुन बिदा हुने बेलामा मनाइने चाड भएको हुनाले पनि कविशिरोमणि लेखनाथ पौड्यालल"/>
2026-07-05 12:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैंमा मनसुन यस्तो हुन्छ

असोज १७, काठमाडौं | दसैं- हिलो, मैलो र वर्षा हराएपछिको चाड । मनसुन बिदा भएपछि खुलेको आकाश । मनसुन बिदा हुने बेलामा मनाइने चाड भएको हुनाले पनि कविशिरोमणि लेखनाथ पौड्यालले लेखे, 'हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा, भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा ।' पछिल्ला वर्षमा भने पौड्यालले कवितामा भनेजस्तो दसैं हुन छाडेको छ । दसैंलाई वर्षा तथा प्राकृतिक प्रकोपले खल्लो बनाइदिएका उदाहरण धेरै छन् ।

यसपालिको दसैंचाहिँ कस्तो हुन्छ ? जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानबेलुका छिटफुट वर्षा भए पनि टीका लगाउने दिन भने मौसम पूर्ण सफा रहनेछ । मौसमविद् वरुण पौडेलले भने, 'मनसुन अति कमजोर अवस्थामा पुगेको छ । ठूलो पानी पर्ने सम्भावनै छैन ।'

बुधबारसम्ममा मनसुन कमजोर भइसक्ने अनुमान छ । मनसुन बिदा हुने बेलामा देखिने पश्चिमी वायु क्रमशः पूवतर्फ सरिरहेको पनि महाशाखाले जनाएको छ। तर बिहानबेलुका गड्याङगुडुङ हुने तथा क्षणिक वर्षा हुने सम्भावना रहिरहनेछ । स्थानीय रूपमा विकास भएको मौसम प्रणाली तथा जलवाष्पका कारण छिटफुट वर्षाको सम्भावना रहिरहने मौसमविद्ले बताएका छन् ।

'पहाडी भूभागमा अझै पनि जलवाष्प ररिहरहेका कारण त्यसको प्रभाव बिहान बेलुका पर्न सक्छ, नत्र ठूलो वर्षा हुने कुनै पनि प्रणाली छैन', पौडेलले भने। सर्वसाधारण पनि दसैंको मौसमबारे चिन्तित छन्। महेन्द्रनगर जाने तयारी गरिरहेका विक्रम खाँड पानी पर्दा दसैं खल्लो हुने बताउँछन्। 'आफन्त भेट्न जानै गाह्रो हुन्छ। पानी नपरेको दसैंमात्रै रमाइलो', उनले भने।

मनसुन बिदा हुने समय भने यो वर्ष पनि केही लम्बिएको छ। चार महिना लामो मनसुन क्रमशः कमजोर हुँदै बिदा हुने अवस्थामा पुगेका कारण पनि यो दसैं हिलो र वर्षारहित हुने मौसमविद्को अनुमान छ। सोमबारदेखि नै नेपालको पश्चिमी भागबाट मौसम सुधार हुन थाल्नेछ। भारतको छत्तीसगढ तथा मध्यप्रदेशतिर मनसुन कमजोर भइरहेका कारण त्यससँगै नेपालमा समेत मनसुन निस्क्रिय हुन्छ। भारतबाट पनि कमजोर हुँदैछ र पश्चिमी वायु पनि छिरेपछि मनसुन अब निस्क्रिय हुन्छ।

नेपालबाट मनसुन बिदा भएपछिको समय भने स्थानीय प्रणाली तथा समुद्रमा आउने चक्रवातका कारण वर्षाको सम्भावना रहिरहन्छ। बंगालको खाडीमा विकास भएको मौसम प्रणाली र जलवाष्पका कारण हुने वर्षा भने बिदा हुन्छ।

नेपालमा बंगालको खाडीबाट सुरु भएको मनसुन पश्चिम नेपाल हुँदै बिदा हुन्छ। मनसुन सकिएपछि पश्चिमी वायु सक्रिय हुन्छ। पश्चिमबाट पूर्वतर्फ मौसमी गतिविधि अघि बढ्छ। मनसुन बिदा हुनका लागि बंगालको खाडीबाट सक्रिय भएको मौसम प्रणाली पूर्ण निस्क्रिय हुनुपर्छ। नेपालमा सामान्यतया जुन २३ मा बिदा हुनुपर्ने मनसुन केही वर्षदेखि केही पछि सरिरहेको छ।

मौसमविद् सुवास रिमालका अनुसार मनसुन अन्तिम चरणमा छ। कमजोर हुँदै गएको छ। अब बिदा हुने अवस्थामा पुगिसक्यो। नेपालमा सामान्य अवस्थामा जुन १० मा प्रवेश गरेको मनसुन सेप्टेम्बर २३ मा बिदा हुनुपर्ने हो। यस वर्ष पनि एक साता ढिलो गरी मनसुन सुरु भएको थियो।

जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा दक्षिण एसियाको मनसुन अस्थिर भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै