तिज नजिकिएसँगै बढ्यो सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ?

Posted on: 15 Sep, 2023

भदौ २९, काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । बिहिबार प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ६ सयले बढेर प्रति तोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ८ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको भाउ ९५ हजार ३ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार १ सय ९६ रुपैयाँ कायम रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!