उनी वैदेशिक रोजगारीमा जाने तयारीका साथ पासपोर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उनी वैदेशिक रोजगारीमा जाने तयारीका साथ पासपोर"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गैह्रीगाउँ हत्याकाण्ड: पासपोर्ट बनाउन काठमाडौं आएका थिए नवीन

२०८०, ३१ भाद्र आईतवार ०८:४३

भदौ ३१, काठमाडौँ | शनिवार राति काठमाडौंको गैह्रीगाउँमा हत्या गरिएका चारमध्ये एक थिए मोरङको बेलबारी–२ का २० नवीन राई ।

उनी वैदेशिक रोजगारीमा जाने तयारीका साथ पासपोर्ट बनाउनका लागि एक महिना अगाडि मात्रै काठमाडौंमा गएका थिए । उनकी एक जना दिदी छिन् । गैह्रीगाउँ हत्याकाण्डमा राईसँगै दोलखाका कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलकोसमेत हत्या भएको थियो । 

नवीनलाई केही समयअघि लाहुर पठाउन भनेर आमा कान्छीमाया लिम्बूले धरान पठाएकी थिइन् । नवीन धरानमा ‘ट्रेनिङ’ सकेर काठमाडौं गएका थिए ।

काठमाडौंमै केही काम गर्ने र विदेश जाने उनको तयारी थियो । ‘फुपूको छोरासँगै पासपोर्ट बनाउन भनेर काठमाडौंमा गएका रहेछन्,’ नवीनकी छिमेकी खड्गमाया लिम्बूले भनिन्, ‘फुपूका छोरा हिजो मात्रै घर आए । नवीनले पासपोर्ट नबनाइ घर गए आमाले गाली गर्नुहुन्छ, मैले पासपोर्ट लिएर देखाउनु छ भनेर भनेका रहेछन् ।’

प्रहरीले घटनामा संलग्न भएको आशंकामा दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ ।

छिमेकी खड्गमायाका अनुसार दीपेन्द्र नवीनको ठूलो बुबाको छोरा हुन् । दीपेन्द्र नवीनका दाजु पर्छन् । नवीनका बुवा पहिले त्यहीँ काठ मिलमा काम गर्ने गरेको छिमेकीहरू बताउँछन् । नवीन काठमाडौं गएपछि दीपेन्द्र पनि सँगै बस्ने गरेका थिए । दीपेन्द्रले भने अन्यत्र नै काम गर्ने गरेका थिए । 

‘नवीनसँगै भुजेल परिवारका पनि तीन जना मारेका रहेछन् । मृतक कुमार र नवीनको केही दिनअगाडि मात्रै झगडा भएको थियो भनेर नवीनकै फुपूका छोराले उनका आफन्तलाई सुनाएको रहेछन्,’ खड्गमायाले भनिन्, ‘खासमा नवीन कसैसँग पनि झगडा गर्दैन थियो । आमा पनि साह्रै मेहनती थिइन् । गाउँमा आएका बेला सबैलाई भेटेर बोलेर मात्रै हिँड्ने गरेका थिए ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने