उनी वैदेशिक रोजगारीमा जाने तयारीका साथ पासपोर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उनी वैदेशिक रोजगारीमा जाने तयारीका साथ पासपोर"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गैह्रीगाउँ हत्याकाण्ड: पासपोर्ट बनाउन काठमाडौं आएका थिए नवीन

३१ भाद्र २०८०, आईतवार ०८:४३

भदौ ३१, काठमाडौँ | शनिवार राति काठमाडौंको गैह्रीगाउँमा हत्या गरिएका चारमध्ये एक थिए मोरङको बेलबारी–२ का २० नवीन राई ।

उनी वैदेशिक रोजगारीमा जाने तयारीका साथ पासपोर्ट बनाउनका लागि एक महिना अगाडि मात्रै काठमाडौंमा गएका थिए । उनकी एक जना दिदी छिन् । गैह्रीगाउँ हत्याकाण्डमा राईसँगै दोलखाका कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलकोसमेत हत्या भएको थियो । 

नवीनलाई केही समयअघि लाहुर पठाउन भनेर आमा कान्छीमाया लिम्बूले धरान पठाएकी थिइन् । नवीन धरानमा ‘ट्रेनिङ’ सकेर काठमाडौं गएका थिए ।

काठमाडौंमै केही काम गर्ने र विदेश जाने उनको तयारी थियो । ‘फुपूको छोरासँगै पासपोर्ट बनाउन भनेर काठमाडौंमा गएका रहेछन्,’ नवीनकी छिमेकी खड्गमाया लिम्बूले भनिन्, ‘फुपूका छोरा हिजो मात्रै घर आए । नवीनले पासपोर्ट नबनाइ घर गए आमाले गाली गर्नुहुन्छ, मैले पासपोर्ट लिएर देखाउनु छ भनेर भनेका रहेछन् ।’

प्रहरीले घटनामा संलग्न भएको आशंकामा दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ ।

छिमेकी खड्गमायाका अनुसार दीपेन्द्र नवीनको ठूलो बुबाको छोरा हुन् । दीपेन्द्र नवीनका दाजु पर्छन् । नवीनका बुवा पहिले त्यहीँ काठ मिलमा काम गर्ने गरेको छिमेकीहरू बताउँछन् । नवीन काठमाडौं गएपछि दीपेन्द्र पनि सँगै बस्ने गरेका थिए । दीपेन्द्रले भने अन्यत्र नै काम गर्ने गरेका थिए । 

‘नवीनसँगै भुजेल परिवारका पनि तीन जना मारेका रहेछन् । मृतक कुमार र नवीनको केही दिनअगाडि मात्रै झगडा भएको थियो भनेर नवीनकै फुपूका छोराले उनका आफन्तलाई सुनाएको रहेछन्,’ खड्गमायाले भनिन्, ‘खासमा नवीन कसैसँग पनि झगडा गर्दैन थियो । आमा पनि साह्रै मेहनती थिइन् । गाउँमा आएका बेला सबैलाई भेटेर बोलेर मात्रै हिँड्ने गरेका थिए ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ