४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अमेरिकाबाट हुलाकमार्फत् नेपालमा गाँजा तस्करी, डेलिभरी गर्ने ६ जना पक्राउ

३१ भाद्र २०८०, आईतवार ०८:५२

भदौ ३१, काठमाडौँ | अमेरिकाबाट हुलाकमार्फत् पठाइएको लागु औषध खैरो हेरोइन र गाँजासहित ६ जना पक्राउ परेका छन्। प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ६ जनालाई पक्राउ गरेको हो। 

अमेरिकाबाट खैरो हेरोाइन र गाँदा हुलाकमार्फत् काठमाडौं पठाइ काठमाडौंबाट बाहिरी जिल्लामा डेलिभरी भइरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। 

ब्यूरोका अनुसार भदौ १९ गते गोश्वारा हुलाका कार्यालय डिल्लीबजारमार्फत् जिल्ला हुलाक कार्यालय वीरगन्ज प्राप्त हुने गरी पठाइएको एउटा कार्टुन (बक्स) शंका लागेर चेकजाँच गर्दा ९०० ग्राम गाँजा फेला परेको थियो। ब्यूरोको टोलीले कार्टुन लिन आउने व्यक्तिको पिछा गर्दै जाँदा वीरगन्ज–१६ बस्ने ३२ वर्षीय डल्लु राम र सोही ठाउँका ४३ वर्षीय हविव मियालाई पक्राउ गरेको थियो। 


यस्तै, भदौ २४ गते अमेरिकाबाट हुलाकमार्फत् पठाइएको कार्टुन बक्स पोखरा पठाइएको थियो। उक्त कार्टुन बक्स चेक गर्दा १ किलो ४०० ग्राम गाँजा फेला परेको थियो। पछि प्रहरीले उक्त कार्टुन कन्ट्रोल डेलिभरी गरी पार्सल लिन आउने भारतीय नागरिक २४ वर्षीय अजिन वर्गेसलाई पोखराबाट पक्राउ गरेको थियो। भारतीय नागरिक वर्गेसको कोठामा खानतलासी गर्दा थप ७२० ग्राम गाँजा बरामद भएको प्रहरीले जानकारी दिएको छ।

भदौ २४ गते नै गोश्वारा हुलाक कार्यालय काठमाडौं, डिल्लीबजारमा आएको अर्को पार्सल (१ कार्टुन बक्स) चेक गर्दा पनि प्रहरीले गाँजा फेला पारेको थियो। उक्त पार्सल लिन आएकी डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ की ३९ वर्षीया रेनुका तामाङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

तामाङले उक्त पार्सल आफूलाई भारतीय नागरिकहरु अरुण कुमार र मोहम्मद नइमले लिन पठाएको भन्ने बयान दिएकी थिइन्। तामाङको बयानका आधारमा प्रहरीले भारतीय नागरिक अरुण र मोहम्मद नइमलाई पनि पक्राउ गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ