गैह्रीगाउँ हत्याकाण्ड: सीसीटीभीमा देखिएकै व्यक्तिले चारैजनाको हत्या गरेको प्रहरी निष्कर्ष

Posted on: 17 Sep, 2023

भदौ ३१, काठमाडौँ | काठमाडौँको गैरीगाउँमा भएको सामूहिक हत्या एकै व्यक्तिले गरेको निष्कर्ष प्रहरीले निकालेको छ । आज पक्राउ परेका व्यक्ति एक्लै घटनामा जिम्मेवार रहेको ठहर गरिएको हो ।

घटनास्थलको सीसीटीभी क्यामरामा कैद भएका व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ । उनले नै सबैको हत्या गरेको देखिएको काठमाडौं प्रहरी परिसर स्रोतले बतायो ।

यसअघि अपराध अनुसन्धान महाशाखाले घटनाको जानकारी गराउन आएका दीपेन्द्र राईलाई पक्राउ गरेर राखेको थियो । तर, उनको घटनामा संलग्नता नदेखिएको परिसर स्रोतको दाबी छ । परिसरले आरोपीलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

दिव्य सः मिलमा शुक्रबार मध्यराति एकै परिवारका तीनसहित ४ जनाको हत्या भएको थियो । उक्त घटनामा दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । काठमिलमा कुमार श्रीमतीसँग बस्दै आएका थिए । शुभद्रा केही दिनअघि श्राद्ध गर्न आएकी थिइन् ।

घटनामा मोरङका अन्दाजी २० वर्षीय नविन राई पनि मृत भेटिएका छन् । उनी त्यहाँको कामदार नभएको पाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!