हेटौंडामा ९१९ किलो गाँजा बरामद, दुई भारतीय नागरिक पक्राउ

Posted on: 17 Sep, 2023

भदौ ३१,  हेटौँडा | मकवानपुरमा संभवत हालसम्मकै सबैभन्दा ठूलो परिणामको लागू औषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीको हेटौँडा औद्योगिक क्षेत्रको टोलीले हेटौँडाबाट जाँचको क्रममा भारतीय ट्रकबाट लागू औषध गाँजा बरामद गरेको हो ।

४८ घण्टा अघि आएको विशेष सूचनाको आधारमा आफुहरुले सबारी तलासी गर्दा हेटौँडा बजार क्षेत्रबाट आज बिहान ४ बजे गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका एसपी अनिल कार्कीले बताए ।


बरामद भएको ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखि पुनः वेल्डीङ गरेर लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको एसपी कार्कीले बताए । भारतीय एन एल ०१ एसी २१४४ नंबरको ट्रकमा गाँजा बरामद भएको हो । भारतबाट मकै लिएर चितवनमा अनलोड गरि चितवनको खुरखुरेबाट गाँजा लोड गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीको भनाई रहेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादब र सहचालक योगेश बर्मा रहेको प्रहरीको भनाई रहेको छ । लागु औषध ओसारपसारको लागि पक्राउ परेकाहरुले एउटा नेपाली नाम र नम्बर प्राप्त गरेको र उनको विषयमा आफुहरुले अनुसन्धनको लागि प्रक्रिया खघि बढाएको कार्कीको भनाई रहेको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!