४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाइकले ठक्कर दिएको निउँमा नवीनको हत्या, थाहा पाउने डरले थप तीन जना मारिए

३१ भाद्र २०८०, आईतवार ११:३४

भदौ ३१, काठमाडौँ | शनिबार राति काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणको प्रमुख कारण मोटरसाइकलको ठक्कर रहेको पाइएको छ। 

हत्या आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका बोल्न नसक्ने‍ व्यक्तिले मोटरसाइकलले ठक्कर दिएपछि हत्यासम्मको अवस्थामा पुगेको बयान दिएका छन्। 

केही दिनअघि मोरङका नवीन राईले चलाएको मोटरसाइकलले अभियुक्तलाई चाबहिलमा ठक्कर दिएको थियो। 

उक्त घटनापछि अभियुक्त ट्राफिक प्रहरीकहाँ पुगेका थिए। ट्राफिकले नवीन र तीन बोल्न नसक्ने व्यक्तिलाई सम्झाएर पठाएको थियो। 

तर त्यसैको रिसीइबी साँध्न अभियुक्तले नवीनको डेरा खोज्दै हिँडेका थिए। नवीन बस्ने डेरा पत्ता लगाएपछि उनी त्यहाँ पुगे। 

झोलामा राखेको खुकुरीले नवीनको हत्या गरेको बयान अभियुक्तले प्रहरीलाई दिएका छन्। त्यसपछि फर्किने क्रममा तल्लो तलामा बसेका भुजेल परिवारले थाहा पाउँछन् भन्ने डरले उनीहरुको पनि हत्या गरेको पाइएको छ। 

प्रहरीले आइतबार सीसीटीभी फुटेजका आधारमा ती बोल्न नसक्ने व्यक्तिलाई पक्राउ गरेको थियो। पक्राउ परिसकेपछि उनले कापीमा ‘आई किल्ड फोर पिपल’ लेख्दै अपराध स्वीकार गरेका छन्। 

उनी सिन्धुपाल्चोकका रहेको बताइएको छ।  साथै उनले सांकेतिक भाषामा कक्षा १२ समेत पास गरेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ