६१ किलो सुन तस्करी: अदालतमा मुद्दा दर्ता, २९ प्रतिवादी, ३ अर्ब ५० करोड ३० लाख बिगो दाबी

Posted on: 17 Sep, 2023

भदौ ३१, काठमाडौँ | त्रिभुवन विमानस्थलबाट पक्राउ परेको ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। सरकारी वकिलले पेस गरेको अभियोगपत्र दर्ता भएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिए। 


अभियोगपत्रमा २९ जनालाई प्रतिवादी बनाउन माग गरिएको छ। त्यस्तै सुन तस्करीबाट नोक्सान भएको भन्दै ३ अर्ब ५० करोड ३० लाख ९१ हजार बिगो दाबी गरिएको छ।  
सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अध्ययन प्रतिवेदन अनुसार नै माग दाबी गरेको छ। पक्राउ गरेकोहरुलाई अभियोगपत्रसँगै जिल्ला अदालत पेस गरिएको छ भने १८ जना फरार छन्। सीआईबीले २९ जनालाई मात्रै प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको थियो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!