३४ पृष्ठको राहदानी आवेदन सुचारु

Posted on: 18 Sep, 2023

असोज १, काठमाडौँ | राहदानी विभागले ३४ पृष्ठको राहदानी आवेदन सुचारु गरेको छ । असोज १ देखि यो सेवा पुनः सुरु गरिएको हो ।

विभागका अनुसार प्रिइनरोलमेन्ट गर्ने सेवाग्राहीले ३४ पृष्ठ (अर्डिनरी) छनोट गरी आवेदन दिन सक्नेछन् ।

३४ पृष्ठको राहदानीको बुक सकिएको भन्दै सरकारले ६६ पृष्ठको मात्र वितरण गर्दै आएको थियो ।

सरकारले साधारण सेवाग्राहीका लागि ३४ पृष्ठ र ६६ पृष्ठका गरी दुई प्रकारका राहदानी वितरण गर्दै आएको छ । ३४ पृष्ठको हकमा ५ हजार रुपैयाँ र ६६ पृष्ठको १० हजार रुपैयाँ लिने गरिएको थियो ।

३४ पृष्ठको. राहदानी वितरण रोकिएपछि २०८० असार ३ गतेदेखि ६६ पृष्ठको लागि पनि ३४ पृष्ठको सरह ५ हजार रुपैयाँ दस्तुर लिन सुरु गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!