टिपटप समोसा पसललाई काठमाडौं महानगरले गर्‍यो २ लाख जरिवाना

Posted on: 18 Sep, 2023

असोज १, काठमाडौँ | काठमाडौं महानगरपालिकाले वडा नम्बर १७ नगलमा रहेको टिपटप समोसा पसललाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ। बिक्रीका लागि राखेको उत्पादनमा गुणस्तर कायम गरेको नदेखिएको लगायत कारणले महानगरपालिकाले जरिवाना तोकेको हो। 


दिपक राज थपलिया सञ्चालक रहेको टिपटप समोसा कम्पनीले बजार व्यवस्थापन तथा अनुगन ऐन २०७७ को दफा २९को अण्ड (उ)बमोजिम कसुर गरेको भन्दै सोही ऐनको दफा ३० को उपदफा १ को खण्ड (ख) बमोजिम २ लाख जरिवना गरेको महानगरपालिकाले जनाएको छ। 

महानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा उक्त पसलले बिक्रीमा राखेको दूधबरी बिग्रिएको पाइएको थियो। महानगरपालिकाले उत्दादनको गुणस्तर कायम गर्न, कर्मचारीको बोली–वचनमा सुधार गर्न, दूग्धजन्य वस्तुको तापक्रम कायम गरेर राख्न र गुणस्तरहीन उत्पादनहरु पसलमा भए वा बजारमा गए फिर्ता ल्याएर नष्ट गर्न निर्देशन दिएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!