विद्यार्थीको विषयमा विधेयकले केही नबोलेकोमा रास्वपाको असन्तुष्टि (भिडियो)

Posted on: 18 Sep, 2023

असोज १, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रस्तावित विद्यालय शिक्षा विधेयक सम्बन्धमा सार्वजनिक सुझाव मागेको छ । सरकारले सदनमा पेस गर्न लागेको ऐनमा चौतर्फी विवाद उत्पन्न भइरहेका बेला रास्वपाले सुझाव मागेको हो । 

सोमबार भिडियोमार्फत विधेयक मन्थन विभागका प्रमुख गणेश कार्की र शिक्षा विभाग प्रमुख सुमना श्रेष्ठले संयुक्त रूपमा सुझाव मागेका हुन् । उनीहरूले दर्ता भएको विधेयकमा देखिएको समस्या, कमजोरी लगायतका विषयमा सुझाव उपलब्ध गराइदिन आह्वान गरे । 

विधेयक मन्थन विभागका प्रमुख कार्कीले विद्यालयभित्र राजनीति हुन नहुने कुराको वकालत हुनुपर्नेमा रास्वपा प्रस्ट रहेको बताए । विधेयकमा शिक्षकलाई कुनै पनि दलगत राजनीतिमा लाग्नु हुँदैन भनेको तर विद्यार्थीको विषयमा विधेयकले केही नबोलेको भन्दै उनले असन्तुष्टि जनाए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!