२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तीन दिनदेखि टेलिकमका अधिकृत दिलीप सुवेदी सम्पर्कविहीन

१ आश्विन २०८०, सोमबार ०८:२४

असोज १, झापा | नेपाल टेलिकम सुरुङ्गाका प्रमुख दिलीप सुवेदी तीन दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजतलास गरिदिन सबैमा आग्रह गरेका छन् । 

कनकाई नगरपालिका ३, सुरुङ्गाको नयाँबस्तीस्थित क्वार्टरबाट छैटौँ तहका अधिकृत रहेका ३१ वर्षीय सुवेदी गत शनिबार (३० भदौ) बिहान करिब ९ बजेदेखि सम्पर्कविहीन भएका उनी श्रीमती ब्रजुना भट्टराई सुवेदीले बताएकी छन् । 


दिलीपको खोजीकार्य इलाका प्रहरी कार्यालय बिर्तामोडले गरिरहेको भए पनि उनी श्रीमती ब्रजुनाले खोजी गरिदिन सबैमा आग्रह गरेकी हुन् । 

ब्रजुनाका अनुसार शनिबार बिहान ८ बजेर ४० मिनेटमा फोनमा अन्तिमपटक कुराकानी भएको र त्यसपछि सम्पर्क हुन नसकेको हो । सोही दिन शनिबार मध्यान्ह १२ तिर फोन गर्दा दिलीपको मोबाइल नै स्वीच अफ भएको उनले जानकारी दिइन् । 

मोरङको विराटनगर महानरपालिका–४ राजवंशी चौकमा स्थायी घर भएका सुवेदी टेलिकमले उपलब्ध गराएको क्वार्टरमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा