२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गदर-२ हेरेर ‘हिन्दुस्तान जिन्दावाद’ नारा लगाएका युवकको कुटपिट गरी हत्या

२०८०, १ आश्विन सोमबार ०९:५०

असोज १, भारत | भारतको छत्तीसगढस्थित दुर्ग जिल्लामा बलिउड फिल्म ‘गदर २’ हेरेपछि ‘हिन्दुस्तान जिन्दावाद’ को नारा लगाउनु एकजना युवकका लागि महंगो सावित भएको छ। 

उक्त नारा लगाउँदाको मूल्य ती युवकले आफ्नो ज्यान गुमाउनुपरेको छ। हिन्दुस्तान जिन्दावादको नारा लगाएपछि आक्रोशित साथीहरुले ती युवकको कुटीकुटी हत्या गरिदिएका छन्। 

यो घटना खुर्सीपार प्रहरी कार्यालय क्षेत्रको आईटीआई खेल मैदानमा भएको हो।


समाचार अनुसार आईटीआई मैदानमा शनिबार साँझ २ युवक मोबाइलमा अभिनेता सनी देओलको नयाँ फिल्म गदर-२ हेरिरहेका थिए।

यसैबीच कुनै एक दृश्यमा मलकीत सिंहले आफ्नो रियाक्शन हिन्दुस्तान जिन्दावाद नाराका रुपमा तत्कालै दिए।

त्यसपछि उनीसँगै रहेका विशेष समुदायका युवाहरुले उनलाई लात्ती मुक्का बर्साएर मरनासन्न बनाए। 

जब घटनाको खबर परिवराजनले थाहा पाए तब उलाई स्थानीय अस्पताल लगियो। त्यसपछि अवस्था जटिल हुँदा उनलाई रायपुर रेफर गरियो। उनको आइतबार बिहान ४ बजे ज्यान गएको छ।

यस मामिलाको गम्भीरतालाई विचार गरेर प्रहरीले तीन टिम बनाएर आरोपीहरुमाथि धरपकड सुरू गरेको छ।

आइतबार दिउँसो १ बजे सबै आरोपीहरुलाई पुलिस गिरफ्तार गरेको छ। तर युवकको मृत्युपछि क्षतिपूर्ति र परिवारजनलाई रोजगारी माग्दै उनका आफन्तहरु राजमार्गबाट उठेर प्रहरी  कार्यालयको गेटमा धर्ना बसे। 

समाचार अनुसार उक्त फिल्म हेर्ने क्रममा आईटीआई मैदानमा मदिरा पिएका केही विशेष समुदायका युवकलाई भारत माता र हिन्दुस्तान जिन्दावादको नारा मन परेको थिएन। उनीहरुले यसैलाई लिएर मलकीत सिंहको क्रुरतापर्वक हत्या गरिदिए। 

मृतकका परिवारजनले मलकीतको हत्यामा संलग्न आरोपीको कांग्रेस नेताहरुसँग  उठबस छ। यसैकारण उनीहरुलाई बचाउने चलखेल भइरहेको छ। त्यसपछि परिवारजन आन्दोलित भएर धर्ना बसेका हुन्। 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने