२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसहितको स्मार्ट वाच भन्सारबाट हराउन थालेपछि ब्रेक प्याडमार्फत तस्करी

२०८०, १ आश्विन सोमबार १०:२३

असोज १, काठमाडौँ | मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर सुन तस्करी गरेको गिरोहले २०२३ को मार्चदेखि नेपालमार्फत तस्करी गर्न थालेको भेटिएको छ । सुरुवातमा उनीहरुले स्मार्ट वाचमा सुन राखेर तस्करी गरेको अनुसन्धानका क्रममा खुलेको हो ।

तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बेलाबेला केही घडी हराउन थालेपछि ब्रेक प्याड र सेभर (दाह्री काट्ने मेसिन) मा राखेर सुन ल्याउन थालेको सुन प्रकरणमा पक्राउ परेका आरोपी लि जेक्वाङले बताएका छन् ।

सरकारी वकिलको रोहबरमा उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘एक पटक ८ वटा घडी हराएपछि सेभर र ब्रेक प्याड लगायतमा राखेर सुन ल्याउन थालेको हो ।’


उनले बयानमा भनेअनुसार एउटा घडीमा २० ग्राम सुन हुन्थ्यो भने सेभरमा ५० ग्राम सुन आएँथ्यो । ‘ती सामानमा कहिले सुन राखेर त कहिले सुन नराखी आउने गरेको थियो’, उनले भनेका छन्, ‘ब्रेक प्याडमा आएको सामान कहिल्यै हराउँदैनथ्यो र एकसेट ब्रेक प्याडमा ५ सयदेखि ६ सय ग्राम सुन आउने गरेको थियो ।

चिनियाँ नागरिक चोङ चिङ छह्रवाङ, चोङ चेनह्रवा, पिङ र एलेक्स भनिने याओ पुचेङ लगायतले ती सामग्री रेडी ट्रेड प्रालिमार्फत ल्याउने गरेको उनले बताएका छन् । प्रहरीका अनुसार जेक्वाङले बालुवाटार र लाजिम्पाटको गोदामको व्यवस्थापन गर्ने गरेका थिए ।

‘मलाई जानकारी भएसम्म घडीमा एक पटक ७५ वटामा सुन आएको थियो, सेभरमा एकपटकमा ७५/७६ वटा गरेर दुई पटक आएको थियो’, उनले भनेका छन्, ‘ब्रेक प्याडको हकमा १९/२० पटक सुन राखेर आएको थियो ।’

चेक्वाङले चीनबाट आफूलाई निर्देशन दिएअनुसार आफूले विभिन्न व्यक्तिलाई सुनको ढिक्का दिने गरेको पनि खुलाएका छन् । ‘कहिले ५ रुपैयाँ त कहिले १० रुपैयाँको नोटको फोटो आउँथ्यो, त्यसको नम्बर हेरेर त्यो नोट लिएर आउने व्यक्तिलाई डेलिभरी दिन्थें’, उनले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने