अर्काको सिमकार्ड आफ्नो नाममा ल्याएर बैंक खाताबाट ६ लाख रकम फुत्काउने पक्राउ

Posted on: 18 Sep, 2023

असोज १, काठमाडौँ | अर्काले प्रयोग गर्दै आएको सिमकार्ड आफ्नो नाममा ल्याएर उसको बैंक खाताबाट रकम फुत्काउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।


काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काभ्रेको पाँचखाल नगरपालिका–६ निवासी २२ वर्षीय सरोज दिवाली पक्राउ परेका हुन् । हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएका उनले अर्काको सिमकार्डलाई मोबाइस सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी गरी सोही मोबाइल नम्बरबाट मोबाइल बैंकिङ एक्टिभ गराएर पीडितको खातामा रहेको ६ लाख २ हजार ५४८ रुपैयाँ निकालेको प्रहरीको भनाइ छ ।

उनलाई प्रचलित कानुन अनुसार ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!