२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इतर समूहको बैठकमा विश्वप्रकाश र प्रदीप सहभागी नहुने

२०८०, २ आश्विन मंगलवार ०६:३०

असोज २, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शेखर कोइरालाले बोलाएको गुटको बैठकमा सहभागी नहुने भएका छन् । कोइराला आज दिउँसो २ बजे आफ्नो सम्पर्क कार्यालयमा आफू पक्षीय पदाधिकारी केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । 

कोइरालाको सचिवालयले महामन्त्री शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पहिलो पटक समूहको बैठकमा आमन्त्रण गरेको थियो । 

महामन्त्री गगन थापासँग जोडिएर काम गर्दै आए पनि इतरसमूहको बैठकमा  महामन्त्री शर्मा र नेता पौडेलको औपचारिक ‘इन्ट्री’ भएका छैन ।

१४ औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको ‘प्यानल’ बाट शर्माले महामन्त्री जित्दा सभापति शेरबहादुर देउवाको प्यानलबाट पौडेल महामन्त्रीमा प्रतिस्पर्धामा उत्रिएका थिए ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहमा रहेका पौडेल महामन्त्रीमा पराजित भएपछि लामो समय संस्थापन पक्षमा टिकेन । संसदीय दलको नेतामा सभापति देउवाविरुद्ध उभिएका महामन्त्री थापालाई शर्मा र पौडेल दुवैले साथ दिएका थिए । 

स्रोतका अनुसार आफू बैठकमा नआउने सन्देश शर्माले इतर समूहलाई दिइसकेका छन् । आज ट्विटरमा पनि उनले घुमाउरो संकेत गरेका छन् । तीनवटा ट्विट लेख्दै शर्माले आफ्नो धारणा प्रष्ट्याएका हुन् ।

उनले पार्टी महामन्त्रीको जिम्मेवारीप्रति आफू सजग रहेको उल्लेख गरेका छन् ।

नेता प्रदीप पौडेल पनि इतर पक्षको बैठकमा सहभागी नहुने बुझिएको छ । पौडेल आज मध्यान्ह १२ बजे चीन प्रस्थान गर्दै छन् । यद्यपि भदौ १७ गते नेता अर्जुननरसिंह केसीको निवासमा इतर पक्षका नेताहरूको छलफलमा भने महामन्त्री शर्मा र पौडेल सहभागी भएका थिए । 

उक्त छलफलमा महामन्त्रीद्वय थापा र शर्मा, सह–महामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरू बलबहादुर केसी, प्रदीप पौडेल दिलेन्द्र बडु लगायत सहभागी हँदा नेता शेखर कोइरालालाई भने खबर गरिएको थिए । केसी निवासको छलफलले नेता कोइरालासँग परामर्श गरेर शर्मा र पौडेलसहितको बैठकको तयारी गर्न केन्द्रीय सदस्य बलबहादुर केसीलाई जिम्मेवारी दिएको थियो । सोही अनुसार आजको बैठकमा शर्मा र पौडेललाई निम्तो गरिए पनि उनीहरू सहभागी नहुने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने