२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एक महिनादेखि कोरियाली प्रहरीको अनुसन्धानमा माओवादी नेता दीपशिखा

२०८०, २ आश्विन मंगलवार ०७:३९

असोज २, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ माथि दक्षिण कोरियाली प्रहरीले एक महिनादेखि अनुसन्धान गरिरहेको छ।

गत अगस्ट १० मा कोरिया गएका दीपशिखाको साथमा चिकित्सकको प्रेस्किप्सन बिनाको औषधी भेटिएपछि कोरियाली प्रहरीले अनुसन्धान थालेको हो।


स्रोतका अनुसार दीपशिखाले उक्त औषधी कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिएका थिए।  राजदूत प्याकुरेललाई एन्जाइटीको समस्या छ।

पहिलेदेखि नै नेपाली चिकित्सकले सुझाएको औषधी खाइरहेकी उनले दीपशिखासँग पनि त्यही औषधी मगाएकी थिइन।

इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखाले बोकेको औषधीको प्रेस्क्रिप्सन नभएपछि कोरियन अधिकारीहरूले रोकेका थिए।

राजदूतले मगाएको औषधी बोकेका दीपशिखा कोरियाली अध्यागमनमा रोकिएपछि दूतावासले उनलाई छुटाउन पहल गरेको थियो।

दूतावासको अनुरोधपछि दीपशिखा औषधी अध्यागमनमै छोडेर विमानस्थलबाट बाहिर निस्किन पाएका थिए। उनमाथिको अनुसन्धान अझै सकिएको छैन।

कोरियास्थित नेपाली दूतावास स्रोतका अनुसार कोरियाली अधिकारीहरूले अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन्।

अनुसन्धान नसकिएसम्म दीपशिखाले कोरिया छोड्न पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने