त्रिभुवन विमानस्थलको सर्भर डाउन, सयौं यात्रु मर्कामा

Posted on: 19 Sep, 2023

असोज २, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन भएको छ । सर्भर डाउन हुँदा सयौं यात्रुहरु मर्कामा परेका छन् । सर्भर बिग्रदा विदेशबाट फर्किँदै गरेका सयौं यात्रु अध्यागमन कार्यालयबाट विमानस्थल बाहिर निस्किन ढिलाइ भइरहेको छ ।

मंगलबार बिहान ९ः१० बजेदेखि बिग्रिएको सर्भर अझै बनिसकेको छैन । सर्भर बिग्रिएका कारण अध्यागनका कर्मचारीले हातले लेखेर भिसा सम्बन्धी सेवा दिइरहेका छन् । यो जोखिमयुक्त हो । सर्भर बिग्रिँदा बायोमेट्रिक रेकर्ड राख्न सकिँदैन । यसरी नेपालमा रहेको अपराधी उम्किने वा नेपाल पस्ने (लुक्न आउने) उच्च जोखिम हुन्छ ।


सर्भर बिग्रिएपछि अध्यागमन कार्यालयका कम्प्युटरबाट विदेश जाने र फर्किने यात्रुको राहदानीमा छाप लगाउने, भिसा दिने, जरिवाना लगायतका राहदानीसँग सम्बन्धित काममा ढिलाइ भइरहेको एक अर्का विदेशी वायुसेवाका नेपाली कर्मचारीले बताए ।

सर्भर बिग्रिएको विषयमा त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालले सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्राविधिक केन्द्र (जीआईडीसी) मा सफ्टवेयर अध्यावधिक (अपडेट) का कारणले ढिलाइ भएको बताए ।

तर, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेलले विमानस्थलको सर्भर डाउन भएको विषयमा जानकारी प्राप्त भएको तर, यो समस्या विमानस्थलबाटै भएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!