५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नौविसे- मलेखु सडक खण्ड भोलिदेखि दैनिक ४ घण्टा बन्द हुने

२ आश्विन २०८०, मंगलवार ०९:०१

असोज २, धादिङ | पृथ्वी राजमार्ग अन्तर्गत नौविसे- मलेखु सडक खण्ड भोलिदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । नौविसे – मलेखु सडक खण्ड विस्तार तथा निर्माण कार्य गर्न भोलिदेखि राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको सरोकारवालाहरुको बैठकको निर्णयानुसार उक्त सडक खण्ड असोज २० गते सम्मको लागि बन्द गरिने कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनेको छ,‘उक्त सडक खण्ड को १७ कि।मि। (खयरघारी) र ३३कि।मि। (पोखरे खोला नजिक)मा स्वीकृत डिजाईन अनुसार सडक चौडा गर्ने क्रममा निर्माणको समयमा आवागमन गर्दा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै तपशिलमा उल्लिखित स्थानहरुमा ४ गतेदेखि २० गतेसम्म राती ११ बजेदेखि विहान ०३ बजेसम्म एम्वुलेन्स र सुरक्षा निकायको सवारी साधनबाहेक अन्य सम्पूर्ण सवारी आवागमन बन्द रहने छ ।’

पूर्वतर्फ (काठमाडौंबाट आउने सवारी साधन थाक्रे गाउँपालिका वडा नं। १ को एक्लेफाँटमा रोकिने छ भने पश्चिमतर्फ (मुग्लिङतर्फबाट आउने) सवारी साधन गजुरी गाउँपालिका वडा नं। ५ को घाटवेशी पुलमारोकिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने