२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नौविसे- मलेखु सडक खण्ड भोलिदेखि दैनिक ४ घण्टा बन्द हुने

२०८०, २ आश्विन मंगलवार ०९:०१

असोज २, धादिङ | पृथ्वी राजमार्ग अन्तर्गत नौविसे- मलेखु सडक खण्ड भोलिदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । नौविसे – मलेखु सडक खण्ड विस्तार तथा निर्माण कार्य गर्न भोलिदेखि राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको सरोकारवालाहरुको बैठकको निर्णयानुसार उक्त सडक खण्ड असोज २० गते सम्मको लागि बन्द गरिने कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनेको छ,‘उक्त सडक खण्ड को १७ कि।मि। (खयरघारी) र ३३कि।मि। (पोखरे खोला नजिक)मा स्वीकृत डिजाईन अनुसार सडक चौडा गर्ने क्रममा निर्माणको समयमा आवागमन गर्दा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै तपशिलमा उल्लिखित स्थानहरुमा ४ गतेदेखि २० गतेसम्म राती ११ बजेदेखि विहान ०३ बजेसम्म एम्वुलेन्स र सुरक्षा निकायको सवारी साधनबाहेक अन्य सम्पूर्ण सवारी आवागमन बन्द रहने छ ।’

पूर्वतर्फ (काठमाडौंबाट आउने सवारी साधन थाक्रे गाउँपालिका वडा नं। १ को एक्लेफाँटमा रोकिने छ भने पश्चिमतर्फ (मुग्लिङतर्फबाट आउने) सवारी साधन गजुरी गाउँपालिका वडा नं। ५ को घाटवेशी पुलमारोकिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने