बालेनविरुद्ध राष्ट्रिय सभागृह अगाडि ७७ घण्टा उभिने अभियन्ता ईःको घोषणा

Posted on: 19 Sep, 2023

असोज २, काठमाडौँ | काठमाडौँ महानगरपालिका र मेयर बालेन शाहविरुद्ध आफूलाई ‘ईः’ नामले चिनाउने अभियन्ता इशान श्रेष्ठले आन्दोलन थालेका छन् । 

उनले मेयर बालेन शाहको कार्यालय राष्ट्रिय सभागृह अगाडि ७७ घण्टासम्म उभिएर विरोध प्रदर्शन गर्ने घोषणा गरेका हुन् । 


मंगलबार दिउँसो १ बजेदेखि  राष्ट्रिय सभा गृहअगाडि उभिएका उनले यो आन्दोलन शुक्रबार ६ बजेसम्म जारी रहने बताएका छन् । 

चुनावको समयमा बालेनले प्रतिज्ञा गरे अनुसार सडक विक्रेताहरूका लागि वैकल्पिक व्यवस्था नगरी धरपकडको नीति लिएको भन्दै यस्तो आन्दोलन गर्नुपरेको उनको भनाइ छ । 

फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग उनले राख्दै आएका छन् । सोहीअनुसार उनीलगायतको अगुवाइमा यसअघि ‘गरिबको चमेली बोल्दिने कोही छैन’ ब्यानरमा महानगरपालिकाविरुद्ध प्रदर्शन गर्दै आएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!