असोज २, काठमाडौँ | खाँडादेवी गाउँपालिका–१ खैरनी स्थित मोटरेबल पुल नजिकै सुनकोशी नदी किनारमा एक पुरुषको शव फेला परेको छ।
सुनकोशीले बगाई ल्याएको उक्त शव खैरनीस्थित नदी किनारमा तैरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए। परिचय खुल्न नसकेको उक्त शव अन्दाजी ५०÷५२ वर्ष उमेरको देखिने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
प्रहरीले घटनास्थल पुगी मुचुल्का उठाएर पोष्टमार्टमको लागि मन्थली अस्पताल ल्याएको जनाएको छ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!