यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

Posted on: 20 Sep, 2023

असोज ३, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले आज देशका केही भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कोसी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही  स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!