२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रत्नपार्क–सूर्यविनायक सडकमा किन पोतियो रातो ?

२०८०, ३ आश्विन बुधबार ०८:२९

असोज ३, काठमाडौँ | सडक विभागले काठमाडौं उपत्यकाको रत्नपार्क–सूर्यविनायक सडक खण्डमा ठाउँ–ठाउँमा रातो रङ पोतेर अलग्गै लेन मार्क गरेको छ । विभागले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सेवालाई व्यवस्थित गर्ने योजनाअनुरूप द्रुत बस सेवा सञ्चालनका लागि सो सडक खण्डमा ठाउँ–ठाउँमा रातो पोतेर अलग्गै लेन मार्क गरेको हो ।


त्यसरी रातो लेन मार्क गरिएको सो सडकमा बुधबारदेखि द्रूत बस सेवा सुरू गरिएको छ । शान्तिबाटिकामा आयोजित एक समारोहका बीच बधुबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका द्रूत बस सेवाको शुभारम्भ गरेका छन् । अब रत्नपार्क–सूर्यविनायक सडक खण्डमा बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म द्रूत बस सेवा सञ्चालन गरिनेछ ।

सो खण्डमा प्रत्येक ५ मिनेटको अन्तरमा बसहरू छुट्नेछन् भने ४० सिटभन्दा बढी क्षमताका बसहरूलाई यो सेवामा समावेश गरिएको छ । त्यसरी सञ्चालन भएका बसहरूले यो खण्डमा यात्रुलाई तोकिएका ठाउँमा ओराल्ने र चढाउनेबाहेक रोकेर राख्ने छैनन् भने सडकमा ती बसहरूलाई एम्बुलेन्ससरहको सुविधा दिइएको छ । यतिसम्म कि ती बसहरू सडक बत्तीमा समेत रोक्नुपर्नेछैन ।

काठमाडौंको रत्नपार्कदेखि सूर्यविनायकसम्मको दुरी १३ किमि छ । तर अहिले सो खण्डमा सार्वजनिक यातायातबाट यात्रा गर्न दुई घण्टासम्म लाग्छ । द्रूत बस सेवा सञ्चालन भएपछि भने यो सडक पार गर्न ४५ मिनेटमात्रै लाग्नेछ ।

मन्त्री ज्वालाले सार्वजनिक यातायातको साधन चढेर पनि समयमै गन्तव्यमा पुग्न सकिन्छ भन्ने धारणाको विकास गराउन र उपत्यकामा सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले यस्तो सेवा प्रारम्भ गरिएको बताए । ‘रत्नपार्कदेखि सूर्यविनायकको दुरी १३ किमिमात्रै हो । तर अहिले यहाँ दुई घण्टा समय लाग्दो रहेछ,’ उनले भने, ‘तर द्रूत बस सेवामा तत्काल यो समयलाई ४५ मिनेटमा झार्न सकिएला । सबै व्यवस्थित भएपछि यसलाई आधा घण्टामा ल्याउन सकिन्छ भन्ने लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने