२० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

Posted on: 21 Sep, 2023

असोज ४, धनगढी | डडेल्धुरामा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का स्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड र एकजना १८ वर्षीय किशोर रहेका छन् । उनीहरुसँगै सामूहिक बलात्कारमा संलग्न भएको भनिएका अर्का एक १८ वर्षीय किशोर भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ती युवतीमाथि फरक–फरक समय र स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

डडेल्धुरा प्रहरीकाअनुसार कमल र  १८ वर्षीय किशोरले गत वैशाख ५ गते नानिगाड खोलामा तथा तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ डेकामा रहेको एउटा गोठमा लगेर युवातीलाई बलात्कार गरेको किटानी जाहेरी परेको छ ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!