२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चोरीका मोबाइल बोकेर नेपालगञ्जबाट काठमाडौं उड्न लागेका ४ जना भारतीय पक्राउ

२०८०, ४ आश्विन बिहीबार ०६:२२

असोज ४, नेपालगञ्ज | चोरीका मोबाइल बोकेर काठमाडौं उड्न लागेका व्यक्ति नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका छन्। अन्जादी ९ लाख रुपैयाँ मूल्य बराबरको चोरीका मोबाइलसहित नेपालगञ्ज विमानस्थल प्रहरीले ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। 


बुद्ध एयरको जहाजबाट काठमाडौं जानका लागि विमानस्थलमा उनीहरुको झोला एयरपोर्टको एक्सरे मेसिनमा राखि चेकजाँच गर्दा ‘कैफियत’ देखिएपछि विमानस्थल प्रहरीले खोलेर तलासी गरेको थियो। तलासी गर्दा उनीहरुले बोकेको झोलामा विभिन्न कम्पनीका ३२ थान मोबाइल फेला परेका थिए। 

प्रहरीले भारतको मध्य प्रदेशको इन्दौर घर भएका ३८ वर्षीय अमित सोलंकी, इन्दौर नै बस्ने ३७ वर्क्षिय सचिन कुक्रेजा, ३९ वर्षीय कमल बंसारी, अमित सोलंकीलाई पक्राउ गरेको हो। 

पक्राउ परेकामध्ये अमित सोलंकीको साथबाट ८ थान, सचिन कुक्रेजाको साथबाट ८ थान, कमल बंसारीको साथबाट ८ थान र अमित सोलंकीको साथबाट पनि ८ थान मोबाइल बरामद भएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका ४ जनामाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने