२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दाइजो अपुग भएको भनि श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

४ आश्विन २०८०, बिहीबार ०७:०५

असोज ४, विराटनगर | सुनसरीको इनरूवा नगरपालिका-३ का ३२ वर्षीय नगेन्द्र भगत श्रीमती हत्याको आरोपमा पक्राउ परेका छन् ।

श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।

विराटनगर महानगरपालिका-१७ मटेरूवाकी २३ वर्षीया निकिताको हत्या गरेको आरोप भगत माथि छ । उनले २१ महिना अगाडि निकितासँग मागी विवाह गरेका थिए । माइती पक्षका अनुसार विवाहका बेला उनले ३५ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए । त्यो पनि अपुग भएको भन्दै श्रीमतीलाई कुटपिट गर्ने गरेको माइती पक्षको आरोप छ ।


हत्या भएपछि भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । थप दाइजो माग्दै दिदीको हत्या गरेको भन्दै मृतकका भाइ राकेशले कारबाही गर्न माग गरेको प्रहरीले जनाएको छ । ११ महिनाको नाबालक छोराको समेत जिउज्यानको सुरक्षा गरिदिन उनले प्रहरी समक्ष आग्रह गरेका छन् । दाइजोको निहुँमा हत्या भएको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय सुनसरी अगाडि प्रदर्शन गर्दै आएका छन् ।

शनिबार राति निकिताको शंकास्पद मृत्यु भएको थियो । बाथरुममा झुन्डिएको भन्दै निकितालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा लगिएको थियो । अस्पतालले उपचार हुन नसक्ने भन्दै रेफर गरेपछि थप उपचारका लागि विराट टिचिङ हस्पिटल ल्याउने क्रममा उनको निधन भयो । मृत्युको विषयमा भगत परिवारले फरक-फरक कुरा बताउँदै आएको भाइ राकेश चौधरीको भनाइ छ ।

‘कहिले बाथरुममा चिप्लिएको र कहिले आत्महत्या गरेको बताइरहेका छन्,’ उनले भने ।

दाइजोको निहुँमा श्रीमान्‌ले नै हत्या गरेको उनको आरोप छ । निकिताको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको रोकेशले दाबी गरे ।

शनिबार राति करिब साढे ९ बजेतिर निकिताले श्रीमान् र परिवारसँग झगडा भइरहेको भनेर माइतीमा आमालाई फोन गरेकी थिइन् । त्यसको आधा घण्टापछि निकिताले झुन्डिएर आत्महत्या गरेको नगेन्द्रकी भान्जीले निकिताका भाइलाई खबर गरेकी थिइन् । त्यसपछि निकिताकी जेठानीले बाथरुममा चिप्लिएर सख्त घाइते भएको भन्दै जिल्ला अस्पतालमा आउन आग्रह गरेको माइती पक्षले बताएको छ ।

निकिताले तिजमा लगाउन चार हजार रूपैयाँको सारी किनिदिन नागेन्द्रसँग आग्रह गरेपछि विवाद भएको माइती पक्षको भनाइ छ । निकिताले शनिबार साँझ आमासँग श्रीमान् नागेन्द्रलाई सारी किनिदिन आग्रह गरेको र श्रीमान्‌ले सारी किनिदिनु परे नाम मेटाइदिने भन्दै धम्की दिएको सुनाएकी थिइन् ।

नगेन्द्रका दाजु गोपी भगतले भने घटना भएको दिन पनि दुवै परिवार जोगवनी गएर तीजको सपिङ गरेको बताए । नगेन्द्रले निकितालाई तीजको सारी किनिदिएको तर सारी किनिदिएपछि तिम्रो बुवाले किन सारी नकिनिदिएको भन्दै जिस्काएको दाबी गरे । यही विषयमा दुवैबीच झगडा भएको भगतले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा