अमेरिकामा बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका मृदुल भन्ने हस्त गौतमविरूद्ध मुद्दा दर्ता भएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा हस्त गौतमविरूद्ध मुद्दा दर्ता ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अमेरिकामा बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका मृदुल भन्ने हस्त गौतमविरूद्ध मुद्दा दर्ता भएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा हस्त गौतमविरूद्ध मुद्दा दर्ता ग"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अमेरिका बसेर मानव बेचबिखन गरेको आरोप लागेका गौतमविरूद्ध चार कसुरमा मुद्दा दर्ता

२०८०, ४ आश्विन बिहीबार ११:३१

असोज ४, काठमाडौँ | अमेरिकामा बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका मृदुल भन्ने हस्त गौतमविरूद्ध मुद्दा दर्ता भएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा हस्त गौतमविरूद्ध मुद्दा दर्ता गरेको सहायक न्यायाधिवक्ता चन्द्र संजेलले जानकारी दिए।

उनका अनुसार हस्त गौतमविरूद्ध चार वटा कसुरमा मुद्दा दर्ता भएको छ। 


सहायक जिल्ला न्यायाधिवक्ता संजेलले उनीविरूद्ध मानव बेचबिखन ओसारपसार कसुर, संगठित अपराध, ठगी र एकीकृत कसुरमा मुद्दा दायर भएको बताए।

‘चार वटा छुट्टाछुट्टै फाइलहरू छन्। प्रतिवादीहरू पनि फाइलअनुसार फरक छन्,’ उनले भने।

उनका अनुसार पहिलो फाइलमा ६ जना, दोस्रोमा ४ जना, तेस्रोमा ५ जना र चौथो फाइलमा ३ जनालाई प्रतिवादी बनाएर मुद्दा लगिएको हो। जसमध्ये हस्त गौतमलाई तीन वटा फाइलमा मुख्य प्रतिवादी बनाइएको छ।

यस प्रकरणमा अर्का एक जना प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी कमल तामाङ हुन्। उनी भने चार वटै फाइलमा प्रतिवादी बनाइएका छन्। ज्योति कुँवर भन्ने व्यक्ति पनि प्रहरी हिरासतमा छिन्।

अरू दुई जना प्रतिवादी पूर्ण लामा र भरतकुमार काफ्ले भन्ने व्यक्ति फरार छन्।

रूकुम घर भई अमेरिकाको टेक्सास बस्दै आएका उनीमाथि मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो। उनी गत भदौ २० गते पक्राउ परेका थिए। उनीविरूद्ध ब्युरोमा ३५ जनाले जाहेरी दिएका छन्। ३० जना पीडित काठमाडौं र पाँच जना दाङमा छन्।

गौतमसहितको समूहले दुई सय जना बढी नेपाली नागरिकसँग पैसा लिएर अमेरिका पठाइसकेको बयानमा बताएका थिए। कतिपयलाई भने उनले अलपत्र पारेका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने