२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६७ प्रतिशतको ग्रेड वृद्धि

२०८०, ४ आश्विन बिहीबार ११:४७

असोज ४, काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा सार्वजनिक गरेको छ । गत साउन २६ र २७ गते सञ्चालन भएको २०७९ सालको पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको नतिजा अनुसार ६६.९७ प्रतिशत विद्यार्थीले ग्रेड वृद्धि गरेका छन् । परीक्षामा १ लाख १३ हजार ३१३ विद्यार्थी सहभागी थिए । जसमा एक जना विद्यार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ । ग्रेड वृद्धि परीक्षा दिएका ३७ हजार ४१६ जना विद्यार्थीले ग्रेड वृद्धि गर्न नसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ । 

आफ्नो नतिजामाथि चित्त नबुझेको खण्डमा पुनर्योगका लागि १५ दिनको समय दिइएको छ । असोज १९ गतेभित्रमा ग्रेडबृद्धि परीक्षाको परीक्षाफलमा कुनै विषयको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहेको खण्डमा ५०० रुपैयाँ तिरेर निवेदन दिन सकिनेछ । 

प्रकाशित नतिजामा कुनै प्राविधिक वा अन्य कुनै कारणले त्रुटि भए नतिजा प्रकाशन हुन नसकेको अवस्थामा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा नतिजा प्रकाशन भएको मितिले ६ महिनाभित्रमा निवेदन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने